घनश्याम पौडेल
अर्घाखाँची, २५ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले चालु आर्थिक वर्षको आम्दानी खर्चको वित्तिय विवरणको आय व्ययको विवरण सार्वजनिक गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने र सहायक लेखा अधिकृत मोहन खनालले हस्ताक्षर गरी सार्वजनिक गरेको विवरण अन्र्तगत चालुगततर्फ ८७.१९ प्रतिशत अर्थात ४३ करोड ५ लाख ४ हजार ४ सय ९६ रुपैँया ३९ पैसा रकम खर्च भएको हो ।
त्यस्तै पुँजीगत तर्फ ८९.८३ प्रतिशत अर्थात १५ करोड १५ लाख ४ हजार ६ सय ८ रुपैँया खर्च भएको स. लेखा अधिकृत खनालको भनाई छ । साथै आजदेखी चालु आर्थिक वर्षको खाताहरु पनि गाउँपालिकाले बन्द गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार चालु आर्थिक वर्षको सुरुवातमै योजनाको छनोट, सम्झौता र अनुगमन प्रणालीलाई सुदृढ पारिएकाले प्रगति राम्रो भएको हो ।















