६ माघ २०८२, मंगलबार
६ माघ २०८२, मंगलबार
spot_img

सहकारी कर तथा सफ्टवेयर सम्बन्धी अभिमुखीकरण तालिम सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची, २७ असार । “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नाराका साथ सहकारी कर, मिरा सफ्टवेयर तथा लेखा परीक्षणसम्बन्धी अभिमुखीकरण तालिम सन्धिखर्कमा सम्पन्न भएको छ। जिल्ला सहकारी संघ, जिल्ला बचत संघ र जिल्ला कृषि संघ अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्कमा उक्त तालिम सम्पन्न गरिएको हो।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको तालिम उद्घाटन गर्दै अर्घाखाँचीमा रहेका सहकारीहरू मर्यादित रहेकाे बताउँदै सबै डिजिटल रूपमा प्रविधिमैत्री बनाउन आग्रह गर्नुभयाे ।

सहकारी कर प्रणाली, लेखा परीक्षण तथा नयाँ नियम–कानुनसम्बन्धी परामर्श तालिममा करदाता सेवा कार्यालय सन्धिखर्कका प्रमुख स्वागत थापा र नायब सुब्बा हुमराज पौडेलले सहजीकरण गर्नुभएको थियो। मिरा सफ्टवेयर सम्बन्धी प्रशिक्षण मिरा सफ्टवेयरका कार्यकारी निर्देशक मनोज तिवारीले दिनुभएको थियो। उहाँले सफ्टवेयर जडानसँगै सहकारी संस्था सञ्चालनमा थप टेवा पुग्ने बताउँनुभयाे ।

जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले तालिमको समापन गर्दै सहकारी संस्थाहरूले कानुनी दायित्व, कर प्रणाली र लेखा पारदर्शितालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले, “आजको परिवेशमा सहकारीहरूको दिगोपन, पारदर्शिता र जवाफदेहिताका लागि लेखापरीक्षण, सफ्टवेयरको प्रयोग र कर सम्बन्धी ज्ञान अपरिहार्य छ।” तालिमजस्ता कार्यक्रमहरूले सहकारी प्रतिनिधिहरूमा व्यवहारिक ज्ञान र सीप विकासमा टेवा पुग्ने भन्दै उहाँले सहभागीहरूलाई सिकेका कुराहरू व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

मिरा सफ्टवेयर काठमाडौं र करदाता सेवा कार्यालय सन्धिखर्कको प्राविधिक सहयोगमा सम्पन्न तालिममा अर्घाखाँची जिल्लाका विभिन्न सहकारी संस्थाबाट करिब १०० जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी करको प्रणाली, लेखा परीक्षण प्रक्रिया र सफ्टवेयरको प्रभावकारी प्रयोग सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।

जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालकाे अध्यक्षता, जिल्ला बचत तथा ऋण संघ अर्घाखाँचीका अध्यक्ष द्रोणप्रसाद भुसालकाे सञ्चालन र जिल्ला सहकारी संघका उपाध्यक्ष लक्ष्मण कंडेलले स्वागत मन्तव्य राख्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img