२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल, साउन २७ – मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको बैंकिङ्ग साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मा.वि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक नाक, कान तथा घाँटी रोग विशेषज्ञडा. सुमन पौडेल, स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह, आन्तरिक रोग विशेषज्ञ डा. पटल गिरी, अस्थिरोग विशेषज्ञ डा. सम्राट पराजुलीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुबास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, डा. सुमन पौडेलले स्वास्थ्यप्रति सचेतना र नियमित परीक्षणको आवश्यकतामा जोड दिनुभयो ।
स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता र चिकित्सकहरूको सेवा भावनाले कार्यक्रमलाई सफल बनाएको आयोजक नेपाल नियमित रक्तदाता संघले जनाएको छ ।


कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबाल, विशिष्ट अतिथि मञ्जुश्री फाइनान्स बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्याल, वरिष्ठ उपाध्यक्ष, नेपाल नियमित रक्तदाता संघ, स्वागत मन्तव्य लेखनाथ भण्डारीले गर्नुको साथै कार्यक्रम सञ्चालन नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img