ग्रामिण भेगको पाणिनि बहुप्राविधिक शिक्षालयमा विद्यार्थी घटेपछि सरोकारवालाको चिन्ता

घनश्याम पौडेल
अर्घाखाँची, २९ असार । ग्रामिण भेगमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त पाणिनी बहुप्राविधिक शिक्षालय सञ्चालन हुदाँ यहाँका बासीन्दा हर्षित भए । प्राविधिक शिक्षा गाउँमै सञ्चालन हुदाँ रोजगारीको अवसर देखी व्यापार व्यवसाय सञ्चालन हुनेमा स्थानिय हर्षित भए ।

प्रत्येक वर्ष ग्रामिण भेगमा सञ्चालित शिक्षालयमा विद्यार्थी संख्या घट्दै गएपछि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालको सक्रियतामा जनप्रतिनिधी तथा सरोकारवाला निकायले चासो राख्दै प्राविधिक अध्ययनको पढाई विद्यार्थीहरुमा बुझाउँनन सकेको स्वीकारेका छन् ।

चिवेकमा सञ्चालनमा आएको प्राविधिक शिक्षालयमा डिप्लोमाइन सिभिल इन्जीनियरिङ्ग, डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ्ग गरी तिनधारमा अध्ययन हुदैँ आएको र आगामी दिनमा स्वास्थ्य तर्फ एच ए अध्ययन गराउँनका लागी कार्यक्रम माग गरेको शिक्षालय प्रमुख मणिप्रसाद गैरेले जानकारी दिए ।

जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले भने ‘गाउँमा प्राविधिक शिक्षा सञ्चालन गर्दा खुसीयाली छाएको स्मरण गर्दै विद्यार्थी घट्नु दुःखत पक्ष रहेको बताए।’ प्राविधिक धारको अध्ययनलाई अब उत्पादन र उद्यमशिलतासँग जोड्न सकियो भने विद्यार्थीको रुचीँ पनि बढ्ने बताउँदै विद्यार्थीलाई प्राविधिक धारको महत्व बुझाउँनुपर्ने बताए ।पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने भन्छन् ‘गाउँपालिबाट १६ विद्यार्थीलाई अध्ययन गराउँन छात्रवृद्धि उपलव्ध गराउँदा पनि विद्यार्थीहरुको आकर्षण प्राविधिक शिक्षामा नभएको भन्दै त्यतातर्फ केन्द्रीत हुन आग्रह गरे ।

प्राविधिक शिक्षा समाजको आर्थिक तथा सामाजिक रूपान्तरणको आधार हा, पाणिनी ६ का वडा अध्यक्ष कृष्णप्रसाद पोडेल भन्छन् ‘प्राविधिक शिक्षालाई युवाहरूलाई आत्मनिर्भर बनाउने मुख्य साधन पनि हो, यसले रोजगारी सृजना, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन गर्छ।’

जग्गा प्राप्त गर्दादेखी सञ्चालन गर्नसम्ममा निकै कठिनाई भएको स्मरण गर्दै जनसेवा माविका प्रअ शालिकराम बेल्वासेले पाणिनीका १६ वटै माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राविधिक विषयको महत्व जानकारी गराउँन सकेका पाणिनीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गर्नमा कठिनाई नहुने बताए ।

नजिकको तिर्थ हेला भएर विद्यार्थीले नजिकमा अध्ययन गर्न ’नखोजेका कारण अभिभावक मार्फत विद्यार्थीलाई सचेत गराउँनुपर्ने पाणिनी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले बताए ।

शैक्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रममा पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला समन्वय समितिका सदस्य कमल घिमिरे, वडा अध्यक्षहरु हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, रोमबहादुर पाण्डे, शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, शिवमदन माविका प्रअ राजेन्द्र पौडेल, पत्रकार महासंघका सहसचिव घनश्याम पौडेल लगाएतले धारणा राख्दै अर्घाखाँचीको गहनाको रुपमा पाणिनी बहुप्राविधिक शिक्षालयलाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img