लोकप्रिय गायक मोतिराजले तिजको छेको पारेर मौलिक तिजगीत सार्वजनिक गर्नुभएको छ । रिपोटर्स क्लब नेपालको हलमा छड्के कपाल किन कोरेको तिजगीत सार्वजनिक भएको हो ।
सन्सा फिल्मसको अध्यक्ष सुरज खनालको अध्यक्षतामा माननीय सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो भने गायक मोतिराज खनालको संयोजकत्वमा कार्यक्रम सब्य र भव्य रुपमा सम्पन्न भएको हो । लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द, संगितमा तयार यस बर्षको मौलिक तिज गीतले महिला दिदीबहिनीको मन जित्न सक्ने आकलन गर्न सकिन्छ । सुनौ सुनौ लाग्ने संगितको धुनमा अत्यन्तै मौलिक शब्दले जो कोहिलाई मोहित बनाउन सक्छ । यस गीतमा गायक मोतिराज खनाल स्वयंका साथै लोकप्रिय गायिका राधिका हमालको स्वर रहेको छ । दिपेश बिष्ट कृष्ण खत्री रश्मि भुजेल कल्पना मल्लको पनि सहायक स्वर समावेश गरिएको छ ।
यस गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो । द म्युजिक ईरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ र मिक्सिङ कृष्ण बाजुरालीले गर्नुभएको थियो। चर्चित निर्देशक सुरज खनालको डाइरेक्सन साथै शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको छ । मोडल कृष्ण खत्री र चर्चित मोडल रिना गुरुङको दमदार अभिनय रहेको छ । सहायक कलाकारमा गीता खनाल , अस्मिता खनाल , कृष्टिना शाहको समेत अभिनय रहेको थियो । बिशिस्ट अतिथि राष्ट्रिय नाचघर जमलका पुर्व जिएम लक्ष्मण रायमाझी, समाज सेवी ऋषि भुसाल , समाजसेवी धनेन्द्र बस्नेत लगायत अतिथी हुनुहुन्थ्यो कार्यक्रम सबिन खड्काले सन्चालन गर्नुभएको थियो । गीत ललितपुरको युएन पार्कमा शुटिङ सम्पन्न गरिएको आयोजकको भनाइ छ । गायक तथा सर्जक मोतिराज खनालले दुई दशक देखि निरन्तर गीत संगितमा योगदान दिदै आउनुभएको छ ।
उहाँले भर्खर दुइमहिना अगाडी सुपादेवी देउरालीकी माइ बोलको भजन सार्वजनिक गर्नुभएको थियो उक्त भजनले श्रोताहरुको मन जित्न सफल भएको थियो । खनालका दर्जनौं गीत सांगितिक बजारमा कालजयी भएर बसेका छन । गीत संगित र टेलिसिरियलमा खनालको योगदान अतुलनीय छ । त्यसैगरी चर्चित मोडल रिना गुरुङले अनिनय गरेका दर्जनौं गीत बजारमा हेर्न सकिन्छ । डाइरेक्टर सुरज खनालले अति भो , ख्याल ठट्टा सिरियलमा पनि डाइरेक्सन गर्नुका साथै अभिनयमा पनि उत्तिकै पोक्त हुनुहुन्छ । सबैको सहकार्यमा अत्यन्तै मीठो तिजको कोशेली बजारमा आएको हो ।https://www.youtube.com/watch?v=V0HxxB_V8Qg













