पाणिनि तपोभूमिमा साउने मेला, भक्तजनहरूको घुँइचो

अर्घाखाँची, १४ साउन । अर्घाखाँची जिल्लाको ऐतिहासिक र धार्मिक स्थल पाणिनि तपोभूमिमा साउन महिनाभरि लाग्ने साउने मेलाका कारण चहलपहल बढेको छ। भक्तजनहरूको भीडसँगै धार्मिक वातावरण थप जीवन्त बनेको छ।

पाणिनि तपोभूमि व्यवस्थापन समितिको आयोजनामा प्रत्येक वर्षझैँ यस वर्ष पनि साउन महिनाभर एक महिनाको मेला आयोजना गरिएको हो। मेलाको क्रममा रूद्री पूजा, बोलबम यात्रा, श्रावणी मेला लगायतका धार्मिक गतिविधिहरू भइरहेको तपोभूमि संरक्षण समितिका अध्यक्ष पुष्करनाथ पोख्रेलले जानकारी दिए।

साउनको पहिलो सोमबार भक्तजनहरूले रिडीधामबाट पवित्र जल लिएर पाणिनि तपोभूमिमा ल्याई शिवलिङ्गमा जलार्पण गरेका थिए। दोस्रो सोमबार त्रिवेणीधामबाट जल ल्याई पाणिनि दहमा अर्पण गरिएको संरक्षक बाबा योगिराजले बताए।

मेलामा अर्घाखाँचीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्। विशेषगरी सोमबारको दिन भक्तजनहरूको भीड अत्यधिक हुने गर्दछ। पोखरीमा स्नान गरी पूजा–अर्चना गर्ने परम्परा छ।

पाणिनि तपोभूमि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। पौराणिक मान्यताअनुसार झन्डै २५ सय वर्षअघि पाकिस्तानको लाहोरबाट पाणिनि नाम गरेका ऋषि यहाँ आएर कठोर तपस्या गरेका थिए। धार्मिक मान्यता अनुसार, उनका तपस्याबाट प्रसन्न भएर भगवान शिव नर्तकको रूपमा प्रकट भई डमरु बजाउँदै नाचेका थिए। डमरुको ध्वनिबाट ‘अइउण्’, ‘ऋलृक’ जस्ता १४ सूत्र उत्पन्न भएको र सोही सूत्रहरूबाट पाणिनिले संस्कृत व्याकरणको रचना गरेको भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img