२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी सन्धिखर्क नगर सभापतिमा खड्का सर्वसम्मत

घनश्याम पाैडेल
अर्घाखाँची, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी  सन्धिखर्क नगरसमितिकाे भेलाले नयाँ कार्यसमितिकाे चयन सर्वसम्मत गरेकाे छ । राजु खडका अध्यक्ष रहेको १४ सदस्यीय नगर समिति घोषणा गरेको हो ।

घोषित नगर समितिकाे उपाध्यक्षमा प्रतिप बन्जाडे, सचिवमा सागर मरासिनी, काेषाध्यक्षमा खुम बहादुर महत चयन भएका हुन । कृष्णहरि भुसाल र बाबुराम थापा सल्लाहकारमा चयन भएका हुन ।

भेलाकाे उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेकाे आराेप लगाए । सहकारीकाे नाममा पार्टी सभापतिमाथी प्रतिशाेधकाे व्यवहार गरियाे, “जनताले दिएको जनादेश र विश्वासलाई कमजोर पार्न सत्ता पक्षले यसरी प्रतिशोधको राजनीति गर्नु देशको लागि घातक छ ।”

जिल्ला सभापति हरिप्रसाद भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थानीय तहमा मजबुत बनाउन संगठन विस्तार, नीति तथा कार्यक्रममार्फत जनताको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । उनीहरूले नयाँ पुस्ताको सक्रियता, स्वच्छ राजनीति र पारदर्शी नेतृत्वमार्फत मात्र मुलुकको अवस्था सुधार गर्न सकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img