ग्राण्डी अस्पतालले आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ, २३ भदौ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ ।

ग्राण्डीले आज एक विज्ञप्ती जारी गरी देशमा भएको विषम परिस्थिती र सरकारी अस्पतालमा घाइतेको चाप बढ्दो क्रममा रहेको भन्दै आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएको हो ।

अस्पतालले आन्दोलनका क्रममा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । उक्त आन्दोलनमा परेर १९ जनाले ज्यान गुमाएका छन् भने सयौँ व्यक्ति घाइते भएका छन् । ग्राण्डीले आन्दोलनका क्रममा घाइते भएका विरामीको निःशुल्क उपचार र रगत उपलब्ध गराउने समेत बताएको छ ।

ग्राण्डी अस्पतालको आफ्नै सुविधासम्पन्न रक्तसञ्चार केन्द्रसमेत सञ्चालनमा रहेको छ । विस २०६९ मा स्थापना भएको उक्त अस्पतालले २०० शैयामार्फत विरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img