सुरेशमणि त्रिपाठी ।
जेनजी आन्दोलनको क्रममा राज्यद्वारा बर्बरतापुर्बक दमनमा ज्यान गुमाई फक्रिन लाएका नानि बाबुहरु प्रति हार्दिक श्रद्वान्जली !
आज एकदमै पिडाका साथ लेखन परिरहेको छ, कि जेनजिको आन्दोलनको क्रममा नेपाली सेना जनता र राज्य प्रति अकाउन्टटेबल देखिएन जसको परिणाम सिंहदरबार, सर्बोच्च अदालत, सांसद भवन लगाएत देशभरीका सम्पूर्ण सार्वजनीक सम्पतिहरु माथि लुटपाट र आगजनी भईरहदाँ मुखदर्शक भई बसीरह्याे । यी सबै सम्पतिहरु रात दिन जली रहे. यस्तो आभास भई रहेको थियो मानौ कि उसैकै रोहबरमा यी सबै कार्य भैरहेको छ ।
जब-जब मुलुकलाई तिमिहरुको आवश्यकता पर्यो तिमिहरु पछाडी हटयौ । चाहे देशमा माओवादीको बिद्रोह उत्कर्षमा पुगेको बेला तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले माओवादी विरुद्ध परिचालन गर्न खोज्दा होस् या फेरी अरु अरु पनि इतिहासका पानाहरु पल्ट्याएर हेर्न अनुरोध गर्दछु ।
आफ्नो सुप्रिम कमान्डर जसलाई हजारौको संख्याको सेनाको घेरा भित्र राखेका बिरेन्द्र र्बिक्रम शाह लगाएत उहाँको सम्पूर्ण वंशको ज्यान जोगाउन नसक्दाको तपाइँहरु माथि लागेको त्यो दाग मेटाउने राम्रो अवसर थियो, तर यहाँ पनि आफ्नै सुप्रिम कमान्डरको भवन ( राष्ट्रपति भवन) पनि जोगाउन सकेनौ । बरु ति अराजक तत्वहरुको लागि भवनको मूल द्वार नै खोलिदिई आफुहरु साक्षि बसी आगजनी र लुटपाट गर्न सहजीकारण गरिदियौ । यो भन्दा ठुलो धोखा र विश्वासघात र लजास्पत के हुन सक्छ ?
नेपाल सरकारले देशमा आउन सक्ने र हुन सक्ने यस्तै घटनाहरुबाट देश, जनता र सम्पतिहरु जोगाउनको निमित्त प्रत्येक नेपाली जनताबाट कर उठाई तपाइँहरुलाइ देश विदेशमा तालिमको निमित्त करोडौ अरबौ रुपैँया खर्चेको हुन्छ, तर तिमिहरुले अरबौ खर्च गरेर पाएको तालिमको अनुभब नेपाली जनताहरुले बिरलै गर्न र देख्न पाएका छन् ।
देख्न त केवल टुडीखेलमा देखाइने सर्कस मात्र के राज्यले तिमिहरुलाई त्यहि सर्कस देखाउन ट्याक्स थपेरकाे पैसा खर्चेको हो? यदि होइन भने आफ्नो परमाधिप्रतिको भवन लगाएत लोकतान्त्रिक धरोहरहरु कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका किन बचाउन सकेनौ? यो भन्दा लाज के हुन सक्छ ? के यो सेना विदेशीहरुको जनधनको सुरक्षा गर्न मिसिन गई पैसा कमाउनको लागि मात्र बनाएको संस्था हो ? होइन भने तिमीहरु किन अकाउन्टेबल भएनौ र ति लोकतन्त्रका तिन ओटा पिलरहरु तिम्रै अगाडी दिन रात जली रहदा किन बचाउन सकेनौ कहाँ गए तिम्रा ति दमकलहरु फेरी तेही प्रश्न तेर्साउन चाहन्छु !
मिस्टर चिफ , आज तपाइँ आफ्नो वरीपरि आगो लगाउन उक्साउने अराजक तत्वका नाइकेहरुलाई स्टेक होल्डर भनि तिनीहरु सँग वार्ताको टेबलमा वार्ता गरेको तस्विर र आव्हान गरेको देख्दा शिर नै निहुरिनुको साथै तपाई भित्र लुकेको ति अराजक समुहका नाइकेहरुलाई डमी बनाइ सत्ता आफ्नो हातमा लिइ शासन गर्ने मनसाएको प्रदाफास भएको छ।।
यदि तपाईमा साच्चै नै अलिकति राष्ट्रप्रति प्रेम भएको भएर राज्य प्रति अकाउन्बटेल भईदिएको भए तपाईहरुको मुख्यालयको अगाडी लोकतान्त्रिक धरोहर दिनरात जली खरानी हुने थिएनन् । जुन दृश्यले राष्ट्र प्रति प्रेम भएको प्रत्तेक नेपालीको आँखा रसाएको छ, र मन रोइ रहेको छ । तपाइको कमजोर नेतृत्वले गर्दा आज सम्पूर्ण सैनिक संगठनको गौरबशालि इतिहासमा कहिले नमेटिने दाग लाग्नुको साथै शिर निहुराएको छ ।
मिस्टर चिफ आज तपाईले जवाफ दिनै पर्छ तपाई को प्रति अकौन्बटेबल हो ? यसको उत्तर एउटा बिबेकसिल नागरिक भएको हिसाबले मलाई चाहिएको छ । अब तपाईले बताउनुस मेराे प्रश्नको उत्तर बुलेट बाट दिने कि ब्रेन बाट येदि बुलेट बाट दिनु भयो भनेमा खुसि खूसी स्वीकार्ने छु र सोच्ने छु र मैले आफ्नो परिवारको आवश्यकता कटौती गरेर तिरेको कर एउटा गलत संस्थामा गएको रहेछ र यदि तपाईले यसको उत्तर ब्रेनबाट दिनु भयो, भने मलाई यो बुझन सजिलो हुन्छ कि तपाई वास्तवमा गौरबशाली इतिहास बोकेको संस्थाको नेतृत्व गर्न लाएक योग्य व्यक्ति हुनुहुन्थ्यो कि नाई !
मलाई थाहा छ, नेपाली सेना एउटा छैन चेन अफ कमाण्डमा चल्ने संस्था हो त्यँहा भित्र थुप्रै जवानहरु देशको लागि प्राण त्याग्न र आफु भन्दा बढी राष्ट्र लाई माया गर्ने बिर योद्धा हरु हुनुहुनछ, यति हुदाहुदैँ पनि नेतृत्वको सुझबुझको कमि तथा महत्वाकांक्षाले देश खरानी भयो र त्यो खरानी बाट ठुलो सड्यन्त्रको गन्ध पुरै देशभरि नै फैलियो । मेरो आक्रोस संस्था प्रति होइन नेत्रित्व माथि हो ।
मेरो प्यारो देश तिमि दिनरात जली रहदा तिम्रो आगनमा दिन रात परेड खेली रहने राज्यका तिन वटै सुरक्षा निकाएका कुनै पनि अंग र हामि जनताले बचाउँन सकेनौ देशद्रोहीहरुले तिमीलाई जलाई रहे तिम्रो संबेदनसिल अंगहरु माथि प्रहार गरि रहे तिम्रो चिरहरण गरि रहँदा पनि हामीले बचाउने प्रयास पनि गरेनौ । तिमि दिन रात गुहार मागी रहेयौ तर, हामी मुखदर्शक भएर तिमि लाइ तिम्रै हालतमा जल्न छोडी दियौ । तिमीलाई सक्षि राखेर तिम्रो सुरक्षा गर्छु भनि जुठा कसम खाएकाहरुले तिमीलाई लावारिस छोडी देखेर पनि नदेखे जस्तो गरि रहे । तिम्रो आफ्नो भन्ने कोहि रहेन छ । अव फेरी तिमि कसरि उठ्छौ मलाई थाहा छैन । हामी सबै तिम्रो गुन्हागार हौ माफ मग्न लाएक छैनौ तर पनि । तिमिले माफ गर्ने पर्छ किन कि तिम्रो हृदय बिशाल छ । अब हामी संकल्प, प्रण गर्छौ अप उपरान्त तिमीलाई कोतारेको पनि सहन गर्ने छैनौ र भारत अमेरीका र चीन बाट तालिम प्राप्त सुरक्षा कर्मी नेताहरु र देशद्रोही जनताको हातमा तिमीलाई सुम्पिने छैनौ । एक पटक लाइ माफ गरिदिनुहोस ।
मेरो प्यारो देश













