२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

रूपन्देहीमा तीन दिनपछि हट्यो निषेधाज्ञा

बुटबल । रूपन्देहीमा विगत तीन दिनदेखि जारी कर्फ्यू र निषेधाज्ञा शुक्रबार बिहानदेखि हटेको छ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार मंगलबार बिहान साढे ९ बजेदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू शुक्रबारदेखि हटेको हो।

‘केही दिनदेखि जारी अस्थिर अवस्था अहिले सामान्य बन्न थालेको छ, अहिलेको लागि निषेधाज्ञा र कर्फ्यू दुवै हटाइएको छ, केही समयमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै छौं, त्यसपछिको अवस्थालाई हेरेर के गर्ने भन्ने विषयमा छलफलपछि निर्णय गर्ने छौं,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार शुक्रबार बिहानसम्म लागू गरिएको कर्फ्यू र निषेधाज्ञा हटाएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। निषेधाज्ञा र कर्फ्यू हटेसँगै सडकमा छिटपुट सवारी साधन गुड्न र पसलहरू खुल्न थालेका छन्। निषेधाज्ञा र कर्फ्यू हटेपछि सद्भाव र्‍याली पनि निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img