२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार
spot_img

विजयादशमी २०८२ को विभिन्न देशको शुभ साइतहरु सार्वजनिक, कुन देशमा कति बजे टिका लगाउने ?

शिवलाल पौडेल, आश्विन ४, काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमी २०८२ सँग सम्बन्धित विभिन्न देशको लागि शुभ साइतहरु सार्वजनिक गरेको छ ।
समितिको आज विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौँमा बसेको बैठकबाट निर्णय गरि विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकोले तिथ्यादिको स्थानीयमान अनुसार पर्वहरु मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको हुँदा सोही देशको स्थानीय समय अनुसार शुभ साइतहरु सार्वजनिक गरेकोसमितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

समितिले काठमाडौँ नेपाल, दिल्ली भारत, न्युयोर्क अमेरिका, फ्र्याङ्कर्फट केन्टुकी अमेरिका, वोवेन्स्वोरो केण्टुकी अमेरिका, डल्लास टेक्सास अमेरिका, वासिङ्गटन डिसि, क्यालिफोर्निया अमेरिका, टोरेण्टो क्यानडा, भ्यानकुभर क्यानडा, टोकियो जापान, सिड्नी अष्ट्रेलिया, मेलबर्न अष्ट्रेलिया, व्रीसवेन अष्ट्रेलिया, एडिलेट अष्ट्रेलिया, क्यानबेरा अष्ट्रेलिया, तास्मानिया अष्ट्रेलिया, पर्थ अष्ट्रेलिया, डार्बिन अष्ट्रेलिया, बेलिङ्गटन न्युजिल्यान्ड, लिस्बन पोर्चुगल, लण्डन बेलायत, पेरिस फ्रान्स, नर्वे ओस्लो, क्वालालम्पुर मलेसिया, अवुधावी युएई, दोहा कतार, बैंकक थाइल्यान्ड, सियोल दक्षिण कोरिया, तेल अभिभ इजरायल, सिङ्गापुर, हङ्गकङ्ग, साउदी अरेबिया, याङ्गून म्यानमार, जेनेभा स्विट्जरल्याण्ड र माल्टाको स्थानीय समय अनुसार शुभ साइतहरु प्रकाशन गरिएको समितिका उपसभापति प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

समितिको सभापतिमा प्राडा माधव भट्टराई, उपसभापतिमा प्राडा देवमणि भट्टराई, सदस्य सचिवमा आचार्य लक्ष्मण पन्थी, कोषाध्यक्षमा सहप्राडा पुरुषोत्तम भट्टराई, सदस्यहरुमा ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेल, श्रीकेश कौशिक,  सुदर्शन पौडेल हुनुहुन्छ । यस्तै सल्लाहकारमा प्राडा रामचन्द्र गौतम, पदेन विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, विज्ञ आमन्त्रितहरुमा प्रा.श्रीकृष्ण अधिकारी र  प्राडा माधवप्रसाद पाण्डेय हुनुहुन्छ यसैगरी समितिको अमेरिका संयोजकमा आचार्य मेघराज निरौला, अष्ट्रेलिया संयोजकमा पं. माधव नर्जाली अधिकारी, क्यानडा संयोजकमा आचार्य सुरेशप्रसाद शर्मा रहेको विश्व ज्योतिष महासंघका महासचिव राजिव आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img