घनश्याम पौडेल
अर्घाखाँची, १३ असौज । बुटवलबाट पुर्कोटका लागि छुटेका लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जिप सन्धिखर्क नगरपालिका ९ अलकटारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान साढे ३ बजे गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य २५जना घाईते भएका छन्। घाइतेहरुको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
१ जना गम्भिर घाईतेहरुलाई अर्घाखाँची अस्पतालबाट थप उपचारको लागि बुटवल रिफर गरिएको छ । थप विवरण आउँन बाँकी छ ।














