अर्घाखाँचीमा एक आपसमा मोटरसाईकल ठोक्कीदाँ दुई जनाको मृत्यु

अर्घाखाँची, २९ असौज । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. १ चिदिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ। दुर्घटनामा पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन्।

बेलुका करिब ५ः२० बजे छत्रदेव गाउँपालिका–१ सौरेखोला नजिकमा भएको दुर्घटनामा पाणिनि ५ का २१ वर्षिय तारा बेल्बासे र छत्रकोट ६ का ३५ वर्षिय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाईकलको पछाडि सवार रहेका पाणिनि-५ का वर्ष १८ का दिपा बेल्बासे र छत्रकोट-६ का ४४ वर्षिय सुरज सुनार घाइते रहेका छन्। उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाईएको छ । लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नंं का बाईक एकआपसमा ठोक्किएका हुन् ।

घटनापछि दुवै घाइतेलाई तत्कालै नजिकैको पब्लिक लुम्बिनी अस्पताल, खर्ज्याङ लगिएको थियो । तर चिकित्सकले दुवै चालकलाई मृत घोषणा गरेका हुन् ।

प्रहरी चौकी बल्कोट अर्घाखाँचीका अनुसार दुवै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीको अनुमान छ । घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img