अर्घाखाँचीमा महाधिवेशन प्रतिनिधी छनोटका लागी शनिबार निर्वाचन, ओली पक्षका ३ जना सर्वसम्मत

घनश्याम पौडेल
अर्घाखाँची, १२ मंसिर । नेकपा एमालेको आगामी महाधिवेशनका लागी प्रतिनिधी चयनका लागी निर्वाचन हुने भएको छ । एमाले अर्घाखाँचीका अनुसार शुक्रबार दिनभर सर्वसम्मतको प्रयास गरिएपनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुन लागेको हो । खुलातर्फ ६ जना निर्वाचितका लागी ९ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत केवी भुसालले बताए ।

खुलातर्फ लुम्बिनी प्रदेश सभाका सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल, लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्तकुमार श्रेष्ठ, पुर्व लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे, जिल्ला सचिवालय सदस्य रेशम थापा, कमलप्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य तेजप्रसाद खनाल र पुर्व सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल गरी ९ जनाको उम्मेदवारी परेको हो ।

महिलातर्फ ४ जनाको लागी ५ जनाको उम्मेदवारी परेको छ । महिलातर्फ एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी गौतम, जिल्ला कमिटी सदस्यहरु शुस्मा श्रेष्ठ, दिपा आचार्य, विष्णुमाया आचार्य र शितगंगा नगरपालिका उपप्रमुख गिता भाट क्षेत्रीको उम्मेदवारी परेको हो ।

ओली पक्षका ३ जना सर्वसम्मत

अर्घाखाँचीबाट ओली पक्षका ३ जना सर्वसम्मत महाधिवेशन प्रतिनिधी भईसकेका छन् । भुगोल युवातर्फ तोजबहादुर रायमाझी (विधान), दलिततर्फ लिलबहादुर विक र आशा परियार सर्वसम्मत भएका हुन । सर्वसम्मत भएका तिनै जना एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेको एमाले अर्घाखाँची स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img