मालुङ्गा–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा बस्याल

बुटवल । स्याङ्जा मालुङ्गा–रुपन्देही सम्पर्क समाजको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टेकनाथ बस्याल ‘राजु’को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरीएको छ । जसको वरिष्ठ उपाध्यक्षमा सुन्दर भण्डारी, उपाध्यक्षमा तिलक बस्याल, सचिवमा शेषनारायण बस्याल, कोषाध्यक्षमा शोभाखर भण्डारी, सहसचिव बिन्दु बस्याल, सहकोषाध्यक्ष गुरुप्रसाद पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरूमा तुलसीराम बस्याल, रामचन्द्र बस्याल, प्रकाश न्यौपाने, रेव कुमारी अधिकारी, शंकर पाण्डे, दामोदर बस्याल, नारायण प्रसाद तिवारी, धर्मकला भण्डारी चयन भएका छन् ।

कार्यक्रममा समाजका अध्यक्ष वेणी माधव तिवारको अध्यक्षता, गल्याङ नगरपालिका १ का वडा अध्यक्ष मणिप्रसाद बस्यालको प्रमुख आतिथ्यता, समाजका संस्थापक अध्यक्ष रामप्रसाद बस्याल, गुल्मी जिल्ला स्वास्थ्य प्रमुख विभव बस्याल ,प्रहरी नायब उपरीक्षक दिपेश बस्याल, निर्वाचन मण्डल संयोजक कानुनी सल्लाहकार नगेन्द्रप्रसाद बस्याल, सदस्य यज्ञमूर्ति बस्याल र हरि बस्यालको आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका सल्लाहकारहरू, कार्यसमिति पदाधिकारी एवं सदस्यहरू र रूपन्देहीमा रहेका मालुङ्गेलीहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन साथै वार्षिक प्रगति प्रतिवेदन पारित भएको छ । साथै उक्त कार्यक्रममा स्याङ्जा मालुङ्गाबाट रूपन्देही निवासी प्रहरी नायब उपरीक्षक दिपेश बस्याल, गुल्मी जिल्ला स्वास्थ्य प्रमुख डाक्टर विभव बस्याल, नेपाल बैंक लिमिटेड बुटवल शाखा प्रबन्धक यज्ञमूर्ति बस्याल, कुमारी बैंक बुटवल प्रबन्धक अम्बिका बस्याल, सिटिजन बैंक कालिकानगर प्रबन्धक फर्सुराम न्यौपाने, सिए शिव भण्डारी, इन्जिनियर सागर बस्याल, इन्जिनियर यज्ञ मूर्ति भण्डारी, डेन्टिस्ट सन्जु बस्याल, नेपाल जेसिज वर्ष २०२६ का नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष खगेन्द्र भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका तत्कालीन वरिष्ठ उपाध्यक्ष टेकनाथ बस्यालको स्वागत, तत्कालीन उपाध्यक्ष सुन्दर भण्डारीको धन्यवाद र सचिव शेषनारायण बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img