२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार
spot_img

स्वस्थानी माताको महिमा लोकलयमा नयाँ भजन सार्वजनिक

काठमाडौं  नेपाली लोकभजन तथा धार्मिक सङ्गीतको संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय राष्ट्रिय लोकभजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान बागमती प्रदेश समितिका महासचिव टेकराज पोखरेल ले नयाँ शैलीको भजन ‘श्री स्वस्थानी देवी तिमी’ सार्वजनिक गरेका छन् ।

श्री स्वस्थानी व्रतकथाको पावन शुभारम्भसँगै पुस १८ गते कोहिनुर मिडिया प्रा.लि.को आधिकारिक युट्युब च्यानलमार्फत भजन सार्वजनिक गरिएको हो। हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको यो भजनमा श्री स्वस्थानी माताको महिमा, शक्ति र करुणाको भावपूर्ण गुणगान गरिएको छ।

भजनलाई मध्य–पश्चिम नेपालको मौलिक स्थानीय लोकलयमा प्रस्तुत गरिएको छ, जसले नेपाली लोकसंस्कृतिको मौलिकता र धार्मिक भावनालाई एकैसाथ उजागर गरेको छ। परम्परागत लोकधुन र आधुनिक संयोजनको सन्तुलित प्रयोगले भजनलाई अझै श्रवणीय र प्रभावशाली बनाएको छ।

भजनका शब्द धनकला पौडेल पोखरेलले रचना गरेकी हुन् भने संगीत तथा कम्पोजिसन गायक टेकराज पोखरेल स्वयं तथा उनको समूहले तयार पारेको हो। सामूहिक स्वर संयोजनमा तयार गरिएको यस भजनमा हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल, भक्तिराम पोखरेल लगायतका कलाकारहरूको सशक्त गायन रहेको छ।

भजनको नृत्य निर्देशन प्रमिता पोखरेलले गरेकी हुन्। धार्मिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको नृत्य संरचना र भाव–अभिनयले भजनलाई दृश्यात्मक रूपमा पनि प्रभावकारी बनाएको छ।

बाल्यकालदेखि नै आफ्ना पितासँगै स्थानीय लवज र परम्परागत भजन गायनमा सक्रिय रहँदै आएका टेकराज पोखरेल लामो समयदेखि लोकधार्मिक सङ्गीतको क्षेत्रमा अनवरत योगदान दिँदै आइरहेका छन्। उनले यसअघि ‘रिङ्दै घुम्दै’, ‘वंशुरी हरायो मेरो’, ‘जय हरहर गंगा’, ‘दुर्गा भजन’ लगायतका दर्जनौँ भजन सार्वजनिक गरिसकेका छन्। ‘हरिमन पञ्च आरती’ उनको सबैभन्दा धेरै रेकर्ड गरिएको पहिलो भजनका रूपमा परिचित छ। https://youtu.be/S_oreavGbl0

भजन सार्वजनिक गर्दै पोखरेलले आगामी दिनहरूमा पनि आफ्नै शैली, मौलिक रचना र निर्माणमा आधारित धार्मिक तथा लोकभजनहरू निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, देशका विभिन्न भू–भागमा छरिएर रहेका प्रतिभाशाली भजन गायक–गायिकाहरूलाई हौसला प्रदान गर्दै उजागर गर्ने, संरक्षण गर्ने र भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे।

नेपाली लोकभजन र धार्मिक संस्कृतिको संरक्षणका दृष्टिले ‘श्री स्वस्थानी देवी तिमी’ भजनलाई एक महत्वपूर्ण र समयसापेक्ष सांगीतिक कृति मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img