सन्धिखर्कमा निःशुल्क वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम आयोजना हुने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शेयर बजार सम्बन्धी चासो राख्ने सम्पूर्ण लगानीकर्ता तथा सर्वसाधारणका लागि निःशुल्क वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम आयोजना हुने भएको छ।

साथी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा तथा जिल्ला सहकारी संघ लि., अर्घाखाँची को समन्वयमा सञ्चालन हुन लागेको उक्त कार्यक्रम २०८२ माघ १७ गते शनिबार का दिन होटल साथी, सन्धिखर्क–०१ चुत्रावेशी पुलचोक मा बिहान १० बजे देखि सुरु हुनेछ।

कार्यक्रममा शेयर बजारको आधारभूत ज्ञान, लगानीका अवसर, जोखिम व्यवस्थापन तथा वित्तीय साक्षरतासम्बन्धी विषयमा जानकारी प्रदान गरिनेछ। कार्यक्रमको प्राविधिक सहयोग कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले गर्नेछ।

कार्यक्रममा शेयर बजारसम्बन्धी व्यवहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिनेछ। प्राविधिक विश्लेषण (Technical Analysis) विषयमा प्रशिक्षक राजन सुवेदी ले प्रशिक्षण दिनेछन् भने शेयर विश्लेषक चिरञ्जीवी पौडेल ले शेयर बजारको अवस्था, लगानी रणनीति तथा जोखिम व्यवस्थापनका विषयमा सहजीकरण गर्नेछन्। साथै, कलश स्टक मार्केट ब्रोकर नं. ७४ का तर्फबाट कमल पौडेल समेत कार्यक्रममा उपस्थित भई सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने जनाइएको छ।

कार्यक्रममा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले तल दिइएको Google Form भरी दर्ता गर्न अनुरोध गरिएको छ।
🔗 https://forms.gle/SpY2cw7gkvkFAEgi8

थप जानकारीका लागि ९८५१४०४१०६ (कमल पौडेल) मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img