भित्तेपात्रो विमोचन तथा नयाँवर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ ।  नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समितिको आयोजनामा भित्ते पात्रो विमोचन कार्यक्रम काठमाडौँको कोटेश्वर स्थित संस्थाको कार्यलयमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल ज्योतिष परिषद् वागमती प्रदेश समितीका अध्यक्ष ज्यो.बिष्णुप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  संस्थापक अध्यक्ष डा.लोकराज पौडेलले ज्योतिष शास्त्रलाई अझ वैज्ञानिक र विश्वसनीय बनाउन ज्योतिषीहरूले खोज तथा अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले अनुसन्धानमा आधारित फलादेशले मात्र ज्योतिष क्षेत्रको विश्वासनीयता मजबुत हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा कार्यकारी सभापति कमलप्रसाद काफ्लेले ज्योतिष क्षेत्रको विकासका लागि संस्थागत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी अतिथिहरू केन्द्रीय उपाध्यक्ष लिलाराज शर्मा, केन्द्रीय उपमहासचिव आचार्य दिपक शर्मा दाहाल, केन्द्रीय सचिव आचार्य शिवलाल पौडेल तथा केन्द्रीय कोषाध्यक्ष पवित्रा श्रेष्ठले आ-आफ्नो मन्तव्य राख्दै ज्योतिष क्षेत्रको एकता, अनुशासन र पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै भित्ते पात्रो प्रकाशनले जनसाधारणमा ज्योतिष सम्बन्धी जानकारी प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् उपत्यका समितिका अध्यक्ष यज्ञरत्न बज्राचार्य, काभ्रे जिल्ला अध्यक्ष नवराज ढकाल, काठमाडौं जिल्ला अध्यक्ष नरेश कुमार श्रेष्ठ तथा  परिषद्का विभिन्न पदाधिकारी, सदस्य तथा ज्योतिष क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले ज्योतिष क्षेत्रको विकास, अनुसन्धान तथा व्यावसायिक उन्नतिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img