
- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष ऋषब अधिकारीको उपचारका क्रममा निधन भएको छ।
- उनको निधनमा शोक व्यक्त गर्न सन्धिखर्क नगरपालिकाले आकस्मिक कार्यपालिका बैठक बोलाएको छ।
- वडाध्यक्षको निधनले अर्घाखाँचीको राजनीतिक र सामाजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका नेता ऋषब अधिकारीको उपचारका क्रममा बिहीबार बिहान काठमाडौँस्थित टिचिङ अस्पतालमा निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका अधिकारीको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको निधनप्रति शोक व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले आकस्मिक कार्यपालिका बैठक बोलाएको छ। नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार बैठकले दिवंगत वडाध्यक्ष अधिकारीप्रति शोक प्रस्ताव पारित गर्नेछ।
वडाध्यक्ष अधिकारीको निधनले सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस तथा अर्घाखाँची जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूले अपुरणीय क्षति भएको जनाएका छन् ।















