वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक

समाचार सारांश
Auto Generated by AI
  • नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
  • प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्नेछ।
  • परिचयपत्र नभएकाहरूलाई कार्ड बनाउन प्रोत्साहित गर्दै प्रत्येक महिना जानकारी दिन भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिइएको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

भुक्तानी सेवा प्रदायक संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र बाहेक आवश्यक कागजात लिएर समेत खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकका हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नसमेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैकले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेप्से २७३४ विन्दुमा, ६ अर्ब २६ करोडको सेयर किनबेच

देउवा-कोइराला पक्षले बोलायो राष्ट्रिय भेला, कांग्रेस औपचारिक विभाजनको दिशामा

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img