पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

समाचार सारांश
Auto Generated by AI
  • सरकार र आन्दोलनरत चिकित्सकबीच पाँच बुँदे सहमति भएको छ।
  • चिकित्सकहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
  • कुटपिटमा संलग्नलाई कारबाही र सुरक्षाको प्रत्याभूति दिने सरकारको प्रतिबद्धता छ।

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ। यससँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो। आन्दोनरत चिकित्सकसँग पाँच बुँदे सहमति भएको छ।

सहमतिमा स्वास्थ्य सचिव विकास देवकोटा, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा नेपाल चिकित्सक संघका अध्यक्ष बद्रि रिजालले हस्ताक्षर गरेका छन्।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको थियो। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यसको विरोधमा देशभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा दुई दिनदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए।

उनीहरूले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न, वार्ताको समयमा चिकित्सकलाई दुर्व्यवहार गर्ने पर्साका एसपी र डीएसपीलाई सरुवा गर्न, चिकित्सकको सुरक्षाको व्यवस्था गर्न माग गरेका थिए। उनीहरूमा सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

लुम्बिनीमा १२ मन्त्रालय घटाएर ८ बनाइयो, कुन मन्त्रालय कता ?

गुरुस्मृति र घरघरमा गुरुकुल अभियानको सन्देश

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीबारे परराष्ट्रमन्त्री खनाल र मन्त्री महावीर पुनसँग भेट, सरकार सकारात्मक

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img