१५ दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ।
  • अर्थमन्त्रीले आर्थिक विधेयकमाथि छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।
  • सभामुखले पूर्वसदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सरकारले बिजनेस नदिएपछि गएको असार ३१ गते प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। १५ दिन स्थगित भएको बैठक आज बस्न लागेको हो।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

नेप्से घटेर २६८८ विन्दुमा, ४ अर्ब २ करोडको सेयर किनबेच

पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

लुम्बिनीमा १२ मन्त्रालय घटाएर ८ बनाइयो, कुन मन्त्रालय कता ?

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img