बनेपामा जनै बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • नेपाल ज्योतिष परिषद् काभ्रे र बागमती प्रदेशको संयुक्त आयोजनामा जनै बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
  • प्रशिक्षणमा सहभागीहरूलाई जनै निर्माणको विधि, मन्त्र र यसको धार्मिक तथा वैज्ञानिक महत्वबारे जानकारी दिइएको छ।
  • वैदिक संस्कारको संरक्षण गर्दै यस्ता सीपमूलक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

काभ्रे ।  नेपाल ज्योतिष परिषद् काभ्रे जिल्ला समिति तथा बागमती प्रदेश समितिको संयुक्त आयोजनामा जनै बनाउने प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका उपमहासचिव आचार्य दीपक शर्मा दाहाल रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिको रुपमा गुरुकुल संस्कृत विद्यालय बनेपा बुडोलका प्राचार्य दिव्यमणि अधिकारी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन नेपाल ज्योतिष परिषद् काभ्रे जिल्ला अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद्का काभ्रे जिल्ला समिति, बागमती प्रदेश समिति तथा केन्द्रीय समितिका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा जिबनाथ चौलागाईं, प्रह्लाद दाहाल, हरि प्रसाद दाहाल, हरि प्रसाद चौलागाईं तथा राजेन्द्र प्रसाद घिमिरेले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा गुरुकुलका बटुकहरू साथै विभिन्न क्षेत्रका सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो । प्रमुख अतिथि दीपक शर्मा दाहालले आगामी दिनमा पनि विभिन्न जिल्लाहरुले यस्ता महत्त्वपूर्ण र गौरवको कार्यक्रममा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रमले वैदिक संस्कार अन्तर्गत यज्ञोपवीत निर्माण सम्बन्धी सीप तथा ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको ज्योतिषी विष्णुप्रसाद तिमल्सिनाले बताए । हिन्दू धर्ममा जनैलाई अत्यन्त पवित्र मानिन्छ, जसले ब्राह्मण, क्षत्रिय तथा वैश्य वर्णका व्यक्तिहरूको उपनयन संस्कार पश्चात् धारण गरिने धार्मिक पहिचानको रूपमा काम गर्दछ । जनैले आत्मशुद्धि, अनुशासन, कर्तव्यबोध तथा आध्यात्मिक जीवनप्रति समर्पणको सन्देश दिने भएकाले यसको निर्माण प्रक्रिया पनि शुद्धता, विधि र मन्त्रअनुसार गरिनु आवश्यक मानिन्छ ।

यस प्रशिक्षणमार्फत् सहभागीहरूलाई जनै निर्माणको परम्परागत विधि, प्रयोग हुने सामग्री, मन्त्रउच्चारण तथा यसको धार्मिक, सांस्कृतिक र वैज्ञानिक पक्षबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । यस्ता कार्यक्रमहरूले परम्परागत वैदिक ज्ञानलाई संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान र संस्कार हस्तान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने काभ्रे जिल्ला अध्यक्ष नवराज ढकालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

भूमिकास्थानमा १५ शैयाको अस्पताल सञ्चालन

देउवा फर्किँदा धरपकड भए विरोध गर्छौँं : शशांक कोइराला

स्वदेश फर्किँदै देउवा

नेप्से १३ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार

नेपाल ज्योतिष परिषद् ललितपुरको अध्यक्षमा पुनः राजोपाध्याय

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img