
समाचार सारांश
Auto Generated by AI
- सर्वोच्चको आदेशले कांग्रेस एकताबद्ध हुने सम्भावना बढेको डा. शशांक कोइरालाले बताएका छन्।
- राष्ट्रिय भेलामा सहभागी हुनेहरूको सङ्ख्या बढ्ने उनले विश्वास व्यक्त गरेका छन्।
- शेरबहादुर देउवा स्वदेश फर्किँदा धरपकड नहुने र भए विरोध गरिने उनको भनाइ छ।
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको आदेशले पार्टी एकताबद्ध हुन सक्ने सम्भावना बढेको बताएका छन्।
सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेलामा आउनेको सङ्ख्या बढ्ने बताए। उनले २६ गते पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा धरपकड नहुने विश्वास व्यक्त गरे।
उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। त्यस्तो भइहाले विरोध गर्छौँ।’















