एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

अर्घाखाँची, १ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई माओवादी केन्द्रमा स्वागत गरेका हुन । उज्ववल पुर्व राष्ट्रिय सभा सदस्य पनि हुन ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटन पछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका हुन।

प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४० मिनेट मात्रै समय दिएर काठमाडौंँ फर्किएका छन् ।

खड्का माओवादी पृष्ठभूमिकै नेता हुन्। उनी नक्कली शरणार्थी प्रकरणमा अभियोग लागेर एमालेबाट निलम्बित नेता सचिव टोपबहादुर रायमाझीसँगै थिए।

नेकपाकालमा माओवादीमा नगएर एमालेमै बसेका उनी पछिल्लो समय निष्क्रिय थिए। एमाले सचिव रायमाझी जेल परेसँगै उचित जिम्मेवारी नपाएको भन्दै निष्कृय उनी फेरि माओवादीतिरै फर्किएका हुन्। सचिव रायमाझी जेलमा गएपछि खड्का पनि एमालेमा सक्रिय थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img