ठमेल पर्यटन बिकास परिषद्का अध्यक्षका उम्मेदवार भविश्वर शर्मा को हुन् ?

काठमाडौँ ।  ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को असार ३१ गते हुन लागेको निर्वाचनको अध्यक्ष पदमा भविश्वर शर्माले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । परिषद्का वर्तमान अध्यक्ष समेत रहनुभएका शर्माले आफ्नो बाँकी काम पुरा गर्नका लागि अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएको बताउनुहुन्छ ।

टीटीडीसीको सदस्य, महासचिव, उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको कुशल नेतृत्व गरिसक्नुभएका बाग्लुङ जैमुनीका शर्माले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ काठमाडौं आगन्तुक होटल, मकालु फेसन इन्डस्ट्री, रियल थेरापी स्पा एण्ड व्यूटी प्वाईन्टका सञ्चालक हुनुहन्छ । विस २०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षति पुगेको ठमेलस्थित ढुँगेधारा पुनर्निर्माण समितीको संयोजक भएर लोभलाग्दो काम गर्नुभएका शर्माले कोभिड महामारीका बेला कोभिड टुरिजम डिजास्टर कोर्डिनेसन कमिटीको संयोजक भएर पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन महत्वपूर्ण भुमिका खेल्नुभएको थियो । तत्कालिन समयमा उक्त कोर्डिनेसन कमिटीमा झन्डै ४५ वटा पर्यटन संस्था सम्मिलित थिए । कोभिड विरुद्धको खोप अभियानमा मात्र होइन, घरभाडा समायोजन, डिमान्ड शुल्क छुट, सहुलियत कर्जा, राहत माग, तार व्यवस्थापन आदिका लागि पनि शर्माको अगुवाई, सक्रियता र योगदान अतुलनीय रहेको थियो ।

विगत दुई वर्ष अध्यक्ष भएर आफ्नो नेतृत्वमा सिसिटिभी जडान, सडकवत्ती व्यवस्थापन, तार व्यवस्थापन, होर्डिङ बोर्ड तथा साइन बोर्ड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, ढल निकास व्यवस्थापन, सडक कालोपत्रे, शान्ति सुरक्षाको व्यवस्थापन, महोत्सव र उत्सव आयोजना, ठमेल सरसफाई, २४ सै घण्टा ठमेल खोल्न मुख्य भूमिका निर्वाह गर्नुभएका शर्मा ठमेल गुरुयोजनालाई सार्थकता दिन दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ । आफू निर्वाचित भएमा डिजिटल ठमेलको अवधारणा कार्यान्वयन हुनेमा पूर्ण विश्वास रहन समस्त मतदाता सदस्य ज्यूहरुलाई आग्रह गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img