दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

रुपन्देही । सन्तशिरोमणि, राष्ट्रसन्त ब्रह्मलीन गुरु स्वामी परमानन्द सरस्वती महाराजज्यूको शुभसङ्कल्प र भक्तसमुदायको सक्रियतामा संस्थापित तथा संवर्धित यस श्रीदुर्गा वैदिक परमानन्द सन्न्यास आश्रमका प्रमुख आश्रमाधिपति वीतराग सन्तवर स्वामी विवेकानन्द सरस्वती महाराजज्यू २०८३ जेठ ०९ गते शनिवारका दिन ब्रह्मलीन हुनुभएपछि जेठ २४ गते विविध वैदिक अनुष्ठानले विशाल षोडशी (गुरुभण्डारा) सुसम्पन्न भएको थियो ।

श्रद्धेय स्वामीज्यू ब्रह्मलीन हुनुभएपछि गुरुगद्दीमा २०८३ असार १५ गते, सोमवार, ज्येष्ठशुक्लपूर्णिमाका दिन आद्यशक्ति जगज्जननी दुर्गा भगवतीका अनुग्रहले श्रीहरिहर सन्न्यास आश्रमका प्रधान संरक्षक परमगुरु अनन्तश्रीविभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराज्यूका असीम आशीर्वादस्वरूप उहाँकै करकमलबाट एवं आश्रमका पीठाधीश श्रद्धेय स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको संयोजनमा एवं पूज्य सन्त, महात्माज्यूहरुको समुपस्थितिमा परमानन्दीय सन्न्यास परम्पराको मुख्य केन्द्र श्रीहरिहर सन्न्यास आश्रम, देवघाटधामद्वारा सञ्चालित श्रीपरमानन्द संस्कृत गुरुकुलका प्रधानाध्यापक श्रद्धेय डा. स्वामी विमलानन्द सरस्वतीज्यूलाई निम्नलिखित मिति, समय र स्थानमा प्रमुख आश्रमाधिपतिका रूपमा पट्टाभिषेक गर्ने शुभसमारोह आयोजना गरिने भएको छ ।

साथै सोही दिन रुद्राभिषेक, पट्टाभिषेक, बडागुरुज्यूका करकमलबाट समाधि मन्दिर शुभारम्भ, ब्रह्मलीन स्वामी विवेकानन्द स्मृतिग्रन्थ प्रकाशनसम्बन्धी समिति घोषणा र भण्डारा लगायत विभिन्न कार्यक्रमहरु रहेको आश्रमले बताएको छ । सो अवसरमा समस्त श्रद्धालु भक्तजनहरुमा सपरिवार समुपस्थितिका लागि सादर निमन्त्रणा आश्रम परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img