सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

समाचार सारांश
Auto Generated by AI
  • हरितालिका तीजको अवसर पारेर मेरो माया जुनीभरीलाई बोलको नयाँ गीत सार्वजनिक भएको छ।
  • प्रेम र सांस्कृतिक सुगन्ध मिश्रित यस गीतमा निरज के.सी. र निरुता गैरेको स्वर रहेको छ।
  • नेपाली मौलिकता झल्काउने यो गीतले यस वर्षको तीजमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा तीज गीतहरूको रौनक बढ्न थालेको छ । यही अवसरलाई लक्षित गर्दै प्रेम, आकर्षण, मौलिकता र नेपाली तीजको सांस्कृतिक सुगन्धलाई समेटिएको नयाँ गीत । मेरो माया जुनीभरीलाई’ सार्वजनिक भएको छ । मेरो माया जुनीभरीलाई’ शीर्षकले नै प्रेमको गहिराइ र जीवनभरको साथको भावनालाई संकेत गर्छ । तीज केवल नाचगान र मनोरञ्जनको पर्व मात्र नभई नेपाली नारीहरूको भावना, संस्कृति, भेटघाट र खुसी साटासाट गर्ने विशेष अवसरका रूपमा पनि स्थापित छ । यही सांस्कृतिक परिवेशलाई प्रेमिल भावसँग जोड्दै गीतलाई तयार पारिएको छ ।

सुमन सागर जंग के.सी. ले निर्देशन गरेको यो भिडियोमा लोकप्रिय संगीतकार मोहित मुनालको शब्द तथा संगीत रहेको छ भने प्रतिभाशाली गायक निरज के.सी. र गायिका निरुता गैरेको सुमधुर स्वर सुन्न सकिनेछ । गीतमा प्रेमको मिठाससँगै तीजको उमंग, रमाइलोपन र नेपालीपनलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

गीतको भिडियोमा कलाकार सुमन सागर जंग के.सी., आशा कार्की, बास्मती के.सी. र अलिशा पाण्डेको अभिनय रहेको छ भने कोरियोग्राफि किसन भुसालको गरेका छन । भिडियोको छायांकन रेशम दर्लामी मगरले गरेका छन् । टेकेन्द्र शाहले सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन भने निर्मला आचार्यको मेकअप रहेको छ । गीतको संगीत संयोजन यम थापा मगरले गरेका छन भने गीतको रेकर्डिब ओजोन काठमाडौं तथा तामाब रेकर्डिब स्टुडियो, यूएईमा गरिएको हो । नेपाल र विदेशमा रहेका नेपाली स्रष्टाहरूको सहकार्यमा तयार भएको यस गीतले नेपाली संगीतको विस्तार हुँदै गएको दायरालाई समेत झल्काएको छ। नेपाली मौलिकता र आधुनिक प्रस्तुतीकरणको संयोजनमा तयार पारिएको । मेरो माया जुनीभरीलाई’ यस वर्षको तीजमा दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । गीतले तीजको उल्लासमा प्रेमको मिठास थप्नुका साथै नेपाली कला, संस्कृति र संगीतप्रतिको आकर्षणलाई अझ सशक्त बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।

तीजको उल्लास, प्रेमको मिठास र नेपाली संस्कृतिको सुन्दर संगम बनेको । मेरो माया जुनीभरीलाई’ सम्पूर्ण दर्शक तथा स्रोताका लागि एउटा विशेष सांगीतिक कोसेली बन्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

‘कश्यप ज्योतिःसार’ लोकार्पण

महेश–छात्र–परिषद्को नयाँ नेतृत्व : परम्पराको पुस्तान्तरण र भविष्यको सङ्कल्प

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : केही योजना सार्वजनिक

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img