घनश्याम पौडेल
अर्घाखाँची, १५ कात्तिक । युवाहरुको एकता,समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क चुत्रावेशीका जागरुक युवाहरुको सक्रियतामा स्थापना भएको अर्घाखाँची युवा परिषद् द्धारा आयोजना हुने चौथो एवाईसी तिलक स्मृती भलिबल प्रतियोगिता खेलको तयारी पुरा भएको छ । सन्धिखर्क स्थित टुडिखेलमा हुने भलिबल खेलको तयारी पुरा भएको आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
अन्तरपालिका स्तरिय हुने भलिबल खेलमा अर्घाखाँची जिल्लाका प्रत्येक पालिकामा दक्ष खेलाडी उत्पादन गर्ने,खेलमाध्यमबाट भाईचाराको सम्बन्ध बिस्तार गर्ने,पालिका तथा बिभिन्न संघ संस्था बिच भलिबलका माध्यमबाट सम्बन्ध बिस्तार गर्ने,दर्शकहरुलाई भंरपुर मनोरञ्जन दिने लगायतका महत्वपुर्ण उदेश्यका साथ भलिबल प्रतियोगिता गर्दे आएका परिषद्का महासचिब प्रकाश भुसालले बताए ।
जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए । खेलमा जिल्लाका ६ वटा पालिकाका खेलाडीहरु समाबेश हुने छन्। पालिका बाहेक २ जना सम्म बाहिरी खेलाडी सम्म थप गरि समाबेश गर्न सकिने खेल संयोजक तथा संस्थाका पुर्व अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।
लामो समयदेखी सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएको अर्घाखाँची युवा परिषद्ले खेलकुद तथा सास्कृतिक,धार्मिक तथा अन्य सामाजिक सरोकारका सामाजिक कार्यहरु गर्दे जिल्लामा आफनो छुट्टै पहिचाहन बनाउन सफल भएको उक्त संस्थाले संचालन गर्दे आएको गतिबिधी निकै प्रभाबकारी हुदै आएका छन् ।