आगलागीबाट क्षति भएको पसललाई तन्दुरी व्यवसायी संघको आर्थिक सहयोग

काठमाडौँ । गुल्मी पाल्पा अर्घाखाँचीबाट काठमाडौँ आई तन्दुरी व्यवसाय गरिरहेका व्यवसायीहरुको छाता संगठन लुम्बिनी तन्दुरी व्यवसायी संघले २०८०/०७/२७ गते विद्युत सर्ट भएर आगलागी भएको फेमस लुम्बिनी तन्दुरी भोजनालयलाई आर्थिक सहयोग गरेको छ ।

देवीप्रसाद पोख्रेलको काठमाडौँको वागबजारमा रहेकोे तन्दुरी भोजनालय आगलागी भएर तेस्रो र चौथो तला पुर्णरुपमा क्षति भएको थियो । उक्त स्थानमा गएर आज लुम्बिनी तन्दुरी व्यवसायी संघले केहि राहत मिलोस् भनी आर्थिक सहयोग गरेको संघका उपाध्यक्ष सुरज  पोख्रेलले जानकारी दिनुभयो ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष रामप्रसाद पोख्रेलले लुम्बिनी तन्दुरी व्यवसायी संघ सदैव व्यवसायीहरुको हकहितका लागि लाग्ने बताउँदै आपतविपत् मा समेत सारथि बन्ने बताउनुभयो साथै उहाँले सम्पुर्ण व्यवसायीहरुलाई एकताबद्ध भएर बढ्न आग्रह गर्दै एक जनालाई दुःख पर्दा सबैजना मिलि सहयोग गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रुद्रप्रसाद पोख्रेल, उपाध्यक्षद्वय सुरज पोख्रेल, कलाधर अधिकारी, सचिव नमराज पोख्रेल, कोषाध्यक्ष नारायण पोख्रेल, लेखा समिति संयोजक गणेश भुसाल, कार्यसमिति सदस्यहरु सागर पौडेल दुर्गा प्रसाद पोख्रेलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img