काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले आफ्नो रजत महोत्सवका अवसरमा संस्थापन कालदेखि विभिन्न कालखण्डमा संस्थामा योगदान पुर्याउनुभएका व्यक्तिलाई सम्मान गर्ने भएको छ ।
केन्द्रिय सचीवालय समिति, पदाधिकारीहरु, विभागीय प्रमुखहरु, उपलब्ध प्रदेश अध्यक्षहरु, संस्थापक अध्यक्ष समेतको मिति २०८०/०९/०२ गते बसेको संयुक्त बैठकले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्न लागेको रजतमहोत्सव आयोजक समितिका संयोजक एवम् परिषद्का प्रथम उपाध्यक्ष आचार्य सन्तोष वाशिष्ठले जानकारी दिनुभयो ।
परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय सम्मान छनोट समिति गठन भएको र उक्त समितिले मूल्याकंन गरि धन्यवाद पत्र, प्रशंसा पत्र, कदर पत्र र सम्मान गरि ४ विधामा सम्मान गर्न लागेको महासचिव कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
परिषद्को पौष २४ गते स्थापना दिवसका अवसरमा रजतमहोत्सव काठमाडौँको हार्दिक होटलमा गर्ने निर्णय भैसकेको केन्द्रीय कार्यालयका सचीव शिवलाल पौडेलले जानकारी दिनुभयो ।