१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

भुवन के पोखरेलको हे सानू सार्वजनिक

काठमाडौँ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवारको स्वरमा रहेको यस गीतको शब्द नवराज घिमिरेको हो भने संगीत मुस्कान मुकारुङ्को रहेको छ । उक्त गीतको म्युजिक भिडियो युके इन्टरटेन्मेट युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र जुना कार्किको दमदार अभिनय देख्न सकिन्छ ।
यस गीतको भिडियोमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी रहेको यश गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको मिडिया हब द्वारा प्रसारित टेलि सिरियल भैरवीमा डक्टरको भुमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन ।
। भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यश गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन । https://m.youtube.com/watch?si

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️