माधव खनाल
अर्घाखाँची, १२ माघ ।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार, विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
शुक्रबार भुमिकास्थान नगरपालिका वार्ड नं. १ मा रहेको बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँको ४९ औं बार्षिक उत्सव तथा अविभावक दिवसको एवंम स्वर्गीय गिरिराज ,मिना खनालको अक्षय कोषकोछात्रवृत्ति बितरण एवम दोस्रो त्राइमासिक परिक्षाको पुरस्कर बितरण कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख थापाले सामुदायिक विद्यालयबाट प्राप्त हुने शिक्षा सर्वसुलभ र आम नागरिकको पहुँचमा पुर्याउने गरि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
समृद्धिको लागि असल र जिम्मेवार नागरिक उत्पादन गर्न बिद्यालयमा शिक्षक शिक्षिकाको भुमिका महत्त्वपूर्ण हुने भएकोले सबै जिम्मेवार भएर आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए । समयानुकूल आफुलाई नयाँ प्रबिधिसँग जोडेर विद्यार्थी सिकाईलाई समय सापेक्ष परिस्कृत बनाउदै लैजानुपर्ने नगरप्रमुख थापाको भनाई छ ।
त्यस्तै कार्यक्रममा नगर शिक्षा प्रमुख तुवलाल सापकोटाले विद्यालय आर्थिक भौतिक र शैक्षिक सुधारको लागि बिद्यालय प्रशासनले सबैसँग समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि पढ्नुपर्ने बताए । वार्षिकोत्सब कार्यक्रममा बिधालयका प्रधानध्यापक युवराज खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड नं. १ का वाड सदस्य मेघराज खनाल, गोपाल नेपाली, विद्यालयका पुर्व प्रधानध्यापक हिमलाल खनाल, पुर्व शिक्षक धर्मराज खनाल, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य हिमन्ता खनाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासिराम गमालको अध्यक्षता, शिक्षिका कृष्णा रोकाको स्वागत र शिक्षक चेतबहादुर थापाको संचालनमा सम्पन्न भएको हो ।