१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

अर्घाखाँची सिम्लेका कृषकका दुःख- शीतभण्डारमा राखेका ६३ टन सुन्तला कुहिए

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए ।

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि झण्डै ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ । कृषकका सुन्तला खरिद गर्ने व्यापारी मानबहादुर श्रेष्ठ, कृषकहरु चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।

सुन्तला कसरी र किन कुहियो भनी नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान शुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्ड स्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । तर प्राविधिकहरूले भनेअनुसार नै सुन्तला राखे पनि प्रत्येक वर्ष सुन्तला कुहिएपछि किसानहरू नोक्सान बेहोर्न बाध्य हुनुपरेको छ । कोल्डस्टोरमा राखेका सुन्तला कुहिँदा आफूहरुलाई राहत दिनु पर्ने किसानहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img