१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

विश्व ज्योतिष महासंघको महासभा सम्पन्न

काठमाडौ । विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय महासभा काठमाडौ डिल्लिबजारमा रहेको होटल पेन्सन वासनामा सम्पन्न भएको छ ।

महासभाको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णय समितिका सभापति प्राडा माधव भट्टराईले ज्योतिषशास्त्रको ज्ञान वृद्धि गर्न आवश्यक रहेको बताउँदै दक्षिण एसियाली ज्योतिष महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त महासभामा विश्व ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्ले भारत, चीन, अमेरिका, बंगलादेश, जापान, स्कटल्याण्ड लगायतका देशहरूबाट आएका वरिष्ठ ज्योतिषीहरुलाई सम्मान समेत गरेको आयोजक समितिका संयोजक हरिहर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट, सह अध्यक्ष आचार्य डा अशोक कुमार मिश्र, नेपाल ज्योतिष परिषद्का अध्यक्ष ज्यो.माधवराज पाण्डे लगायतले शुभकामना मन्तव्य राखेको अध्यक्ष डा लोकराज पौडेलले बताउनुभयो ।

कार्यक्रम विश्व ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलको अध्यक्षता, कोषाध्यक्ष सुबोध शुक्लाको स्वागत मन्तव्य एवम् प्रवक्ता लक्ष्मण पन्थीको सन्चालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img