१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

विश्व ज्योतिष महासंघको २९ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । विश्व ज्योतिष महासंघको २९ औं वार्षिकोत्सव समारोह काठमाडौँको होटल पेन्सन वासना डिल्लीबजारमा सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले विश्व ज्योतिष महासंघले विश्वसामु आफ्नो क्षेत्रमा अतुलनीय योगदान प्रदान गरेको र आउदा दिनहरूमा विभिन्न अनुसन्धान तथा खोजमुलक कार्यमा लागोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले विश्व ज्योतिष महासंघको नित्य निरन्तर उन्नयनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै ज्योतिषीय संस्थाहरू निरन्तर क्रियाशिल रहेको देख्दा खुशी लाग्ने बताउँदै आफ्नो ज्ञान विश्वसामु पुर्याउन हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष प्राडा धनेश्वर नेपालले ज्योतिष समाजको पथप्रदर्शक ,वेदको आँखा भएकोले यसको महत्त्व समाजले लोकले विश्वास गर्ने भएकोले यसको वैज्ञानिक र आध्यात्मिक तरिकाले विश्लेषण गरिने बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले नेपालमा क्रीयाशिल ज्योतिषीय संघसंस्थाहरुको साथ र सहयोगले पहिलोपटक ज्योतिष दिवस मनाउन सफल भएको बताउदै नेपालका ज्योतिषीहरु अध्ययन अनुसन्धान गरि आफ्नो ज्ञान विश्वसामु पुर्याउन कृतसंकल्पित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले विक्रम संवत लाई नेपाल सरकारले राष्ट्रिय मान्यता नदिनु अत्यन्तै दु:खद रहेको बताउँदै सम्पुर्ण ज्योतिषीय संघसंस्थाहरु मिलेर राष्ट्रिय मान्यता दिलाउन प्रयास गर्नुपर्ने बताउनुभयो ।

दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई, नेपाल महर्षी वैदिक फाउन्डेसनका प्रतिनिधि भरतराज पौडेल, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष तिलकराज पौडेल, जापानबाट पाल्नुभएका अतिथि येशिको मोटेकी, आचार्य शिवशंकर न्यौपाने, पुरोहित संघका महासचिव कैलाश दाहाल  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रममा ज्योतिष विधामा र महासंघमा महत्त्वपूर्ण योगदान पुर्याएका ज्योतिषी गुरुहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा डा.माधवमङ्गल जोशी, आचार्य लक्ष्मण पन्थी, डा.सुबोध शुक्ला, केदारप्रसाद जोशी, डा.अम्बिका शर्मा लामिछाने, खिलनाथ काफ्ले लगायत विशिष्ट ज्योतिषीहरु रहनुभएको छ ।

कार्यक्रममा नेपाल अमेरिका जापान लगायतका देशबाट करिब १५० भन्दा बढी विद्वान् विदुषीहरुको उपस्थिति रहेको महासंघका प्रवक्ता आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रम महासंघका अध्यक्ष डा लोकराज पौडेलको अध्यक्षता, उपाध्यक्ष ताराप्रसाद नेपालको सन्चालन, उपमहासचिव एवम् कार्यक्रम संयोजक डा.ज्ञानेशमान जोशीको धन्यवाद ज्ञापन एवम् कोषाध्यक्ष डा सुबोध शुक्लाको स्वागतमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img