काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ वनकालीमा रहेको नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सम्पन्न गरेको माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा अनुसार वेद विद्याश्रमका विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन ।
ूवेद विद्याश्रमबाट एसईई परिक्षामा सहभागी २४ जना विद्यार्थीहरू मध्ये १५ जनाले ३।६५ माथि र बाँकी ९ जनाले ३।६० जिपिए ल्याएर उत्तीर्ण हुन सफल भएकोू, विद्यालयका प्रधानाध्यापक केशव प्रसाद अधिकारीले बताउनुभयो ।
उहाँले, गत बर्षहरूमा झैँ यस वर्ष पनि विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
२०३१ सालमा स्थापना भएर पठनपाठन शुरूवात भएको यस विद्यालयले संस्कृत शिक्षालाई अग्रगामी रूपमा अगाडि बढाइरहेको छ । २०४३ सालबाट माध्यमिक शिक्षा परिक्षामा यस विद्यालयका विद्यार्थीहरू सहभागी हुन थालेका हुन ।
छात्राबास सहितको सुविधा रहेको विद्यालयमा ७७ जिल्लाका १०८ जना छात्रहरू बसोबास गरिरहेका छन् ।













