कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा entrepreneurship motivation conclave को आयोजना हुने भएको छ । युवा नेता भुपेन्द्रजंग शाहीको अग्रसरमा उधमशिल युवा सृजनशिल युवा राष्ट्रिय अभियान ले केही महिना अगाडि काठमाडौंमा संघीय सरकारका अर्थमन्त्री,पुर्व अर्थमन्त्री लगायत विभिन्न उधमी र बिज्ञहरुको उपस्थितिमा बृहत रूपमा कार्यक्रम सम्पन्न गरेको थियो।
उक्त कार्यक्रममा युवा नेता शाहीले उधमशिल अभियान सातै प्रदेश सम्म लैजाने घोषणा गरे अनुसार उधमशिलता क्षेत्रमा लगानी र सम्भावना लगायत युवा उधमी नव उधमिलाई प्रेरणा र उधमशिलतालाई विकास गर्न कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश मुख्यमन्त्री यमलाल कंडेल,उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,भरत ढकाल, गोभिन्द रिजाल, मनोज ज्ञवाली,मुकुन्द तिमिल्सिना,माधब उपाध्याय,आशा हमाल,अभिषेक शाह, प्रदिप पराजुलि लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा हुने ब्यानर सार्बजनिक भएको छ। कार्यक्रम आयोजना आगामी २०८१ असार १९ गते गर्न लागिएको आयोजकले जानकारी दिएका छन्। आर्थिक समृद्धि अहिले राष्ट्रकाे मूल मुद्दा हाे ।
आर्थिक समृद्धि विना देशकाे विकास र नागरिककाे जिवनस्तरमा आमूल रूपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनाैति बनेकाे आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्नका लागि व्यापक आर्थिक लगानि र उद्यमशिलता प्रवर्द्धन जरूरी छ । त्यसैका लागि २०८१ असार १९ गते विरेन्द्रनगर, सुर्खेत, सिद्धार्थ होटेलमा कर्णाली प्रदेश स्तरिय ”Entrepreneurship Motivational Conclave” ´ उद्यमशिलता प्रेरणा सम्मेलन आयाेजना गरिएको आयोजकले बताएका छन्। राष्ट्र निर्माण मञ्च नेपाल र “उद्यमशिल युवा सिर्जनशिल युवा” राष्ट्रिय अभियानको सयुक्त आयोजनामा असार १९ गते सुर्खेतमा उक्त सम्मेलन हुँदैछ । युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएकाे हाे ।
पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्राे प्रमुख ध्येय हाे । अहिले स्टार्ट-अप नेपाल कार्यक्रम लगायत विभिन्न पहलहरू सुरु हुदै छ । जसले स्टार्ट-अपहरूलाई आर्थिक सहयोग प्रदान गरी उद्यमशीलता र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यी प्रयासहरूको बावजुद, अझै धेरै युवाहरूलाई उद्यमशीलता लिन प्रोत्साहित गर्न चुनौतीहरू छन्। वित्त, बजार जानकारी, र व्यापार नेटवर्कमा पहुँच युवा उद्यमीहरूले सामना गर्ने केही प्रमुख अवरोध रहेका छन्। उद्यमशील सोच भएका युवाहरूका लागि रहेका यस्ता अवरोध हटाउन सहयोग गर्नेु सम्मेलनकाे उद्देश्य हाे । नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरू एक ठाउँमा हुने यो सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम), अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेछ । , नेपाल राष्ट्र बैंक, बैंकरहरू, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि हरु, उद्यमशीलता इकोसिस्टम साझेदारहरूका साथै निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।
उधमि बन्न चाहने र आफै स्वरोजगार बन्न चाहने युवाहरूको सहभागिता हुने सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरूसँग चरणवद्द छलफल गरिनेछ। कार्यक्रममा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सराेकारवालाहरू , प्रादेशिक प्रतिनिधित्व हुनेगरि युवा सहभागिता रहनेछ। दोस्रो चरणमा स्थानीय उद्यमी सिर्जनामा केन्द्रित भएर युवाहरूले सीप विकास कार्यक्रमहरूबाट लाभ लिन सक्ने क्षेत्रहरू पहिचान गर्न आवश्यकता मूल्याङ्कन गरिने छ। कर्णाली सम्मेलनपछि सातै प्रदेश, जिल्लाहुँदै स्थानीय तहसम्म उद्यमशीलता सम्बन्धि कार्यक्रम गरिनेछ ।