२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार
spot_img

वेदान्तविभाग, वाल्मीकि विद्यापीठमा भानुजयन्ती समारोह

डा.उमेशप्रसाद घिमिरे । नेपाल संस्कृत विश्वविद्यालयान्तर्गत वाल्मीकि विद्यापीठको शाङ्कर वेदान्त-विभागद्वारा भानुजयन्तीको पूर्वसन्ध्यामा मिति २०८१ असार २७ गते भानुभक्तीय रचना वाचन प्रतियोगिता भव्यताका साथ सम्पन्न भयो । शाङ्कर वेदान्तविभागका विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौडिन्न्यायनज्यूको सभाध्यक्षतामा आयोजित उक्त भानुजयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालज्यू र विशिष्टातिथिका रूपमा समसामयिक नेपाली साहित्यका अग्रगण्यकवि, विशिष्टसमालोचक, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वप्राज्ञ व्यक्तित्व प्रा. डा. देवी नेपालज्यूको सहभागिता रहेको थियो। त्यसैगरी समारोहमा ने. सं. वि. केन्द्रीय प्राध्यापक संघका महासचिव डा. नारायण बराल, पूर्वसभापति प्राध्यापक शम्भुराज गौतम, वाल्मीकि विद्यापीठ प्राध्यापक संघ एकाइका सभापति प्राध्यापक घनश्याम भण्डारी, वाल्मीकि-वेदविभागका अध्यक्ष प्रा. डा. आनन्द प्रसाद घिमिरे, मीमांसाविभागका अध्यक्ष प्रा. डा. प्रमोदवर्धन कौडिन्न्यायन, विश्वविद्यालय सभाका पूर्वसभासद तथा स्थापित कवि प्रा.डा.जीवन अधिकारी, ने.सं.वि. अनुसन्धान केन्द्रका पूर्व कार्यकारी निर्देशक प्रा. डा. विष्णुप्रसाद दाहाल, व्याकरण विषय समितिका अध्यक्ष प्रा.डा. भीमप्रसाद कण्डेल, नेपाली विषय समितिका अध्यक्ष प्रा. डा. ध्रुवप्रसाद भट्टराई, साहित्यविभागका अध्यक्ष प्रा.डा. नुरापति पोखरेल, प्रा.डा. जयन्त आचार्य, सहप्रा.हीरामणि तिमल्सिना, सहप्रा. पराशर आचार्य, सहप्रा. गोविन्द पौडेल, सह.प्रा.डा. प्रकाश तिवारी, सहप्रा. सुरेशराज पौडेल, डा.शेखर दाहाल, उपप्रा.कवि दुर्गा प्रसाद पौडेल, प्राध्यापक नवराज घिमिरे, उपप्रा. नवराज लामिछाने लगायत विद्यापीठका प्राध्यापक गुरुजनको विशेष आतिथ्यता रहेको थियो ।
२११ ओैँ भानुजयन्तीका अवसरमा आयोजित-भानुभक्तीय रचना वाचन प्रतियोगितामा १८ जना विद्यार्थीहरूले भाग लिएका थिए भने २० जना प्राध्यापक विद्यार्थीहरूले अप्रतियोगीरूपमा भानुभक्तीय रचना तथा भानुभक्तसम्बद्ध स्वकीय कविता वाचन गरेका थिए । उक्त प्रतियोगितामा टीका अधिकारी सर्वप्रथम हुन सफल भएका थिए भने सविना कोइराला द्वितीय , विप्लव अधिकारी तृतीय र याज्ञवल्क्य न्यौपाने प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका थिए । विजयी र सहभागीलाई सभाका प्रमुखअतिथि प्राचार्य प्राडा. भागवत ढकालको हातबाट प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो ।
समारोहको प्रारम्भमा स्वागत मन्तव्य वेदान्तविभागकी (शास्त्री अध्ययनरत) छात्रा जुनू मल्लिकले राखेकी थिइन् भने अतिथि, प्रतियोगी, सहभागी र सहयोगी सबैलाई आयोजकका तर्फबाट वेदान्त विभागका सदस्य डा.चेतमणि न्यौपानेज्यूले आभारसहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त समारोहको सहजीकरण एवं उद्घोषण वेदान्त विभागकै सदस्य डा.उमेशप्रसाद घिमिरेले गर्नु भएको थियो ।
May be an image of 5 people, dais, temple and text
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img