स्वामी डा. रामानन्द गिरिको स्मृतिमा षोडशी समारोह आयोजना गरिँदै

काठमाडौँ– ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिको स्मृतिमा सप्तम वार्षिक षोडशी समारोह आयोजना गरिने भएको छ। स्वामीको षोडशी तिथिका अवसरमा पाशुपत क्षेत्रस्थित शंकराचार्य मठमा आइतबार बिहान विशेष गुरुभण्डारा तथा गुरुस्मृतिपरक सत्संग कार्यक्रम आयोजना गर्न लागिएको महेश संस्कृत गुरुकुलका पूर्वछात्र एवम् स्वामीका शिष्य डा. उमेशप्रसाद घिमिरेले जानकारी दिए।

डा. स्वामी २०७४ को गुरुपूर्णिमा तिथिमा शंकराचार्यमठ पशुपतिमा भौतिक शरीर परित्याग गरी ब्रह्मलीन भएका थिए। देहावसान तिथिमा महेश संस्कृत गुरुकुल देवघाटधाममा वार्षिक स्मृति समारोह मनाइँदै आएको छ। स्वामीको षोडशी तिथिका अवसरमा भने शंकराचार्य मठमा बर्सेनि विशेष गुरुभण्डारा तथा गुरुस्मृतिपरक सत्संग कार्यक्रम आयोजना हुँदै आएको छ।

यस वर्षको सत्संगमा श्री १००८ स्वामी मधुसूदनानन्द गिरिजी महाराज, श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराज, श्री १००८ स्वामी डा. केशवानन्द गिरिजी महाराजबाट विशेष प्रवचन हुने कार्यक्रम छ।

समारोहमा कविता वाचन पनि हुने घिमिरेले बताए। कार्यक्रम आयोजकका तर्फबाट घिमिरेले व्यावहारिक काठिन्यले देवघाटमा उपस्थित हुन नसकेका समस्त शिष्यगणलाई उपस्थित हुन अपिल गरेका छन्। उनले पूर्वछात्रहरूका लागि शंकचार्यमठमा आयोजना हुने कार्यक्रम विशेष अवसर रहेको बताए।

नेपालमा आधुनिक गुरुकुलका प्रवर्तक तथा संवर्धक डा. स्वामी रामानन्द गिरि महेश सन्न्यास आश्रम र महेश संस्कृत गुरुकुलका संस्थापक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img