८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

नयाँबर्ष सुरु हुनु ६ महिना अगावै पञ्चाङ्ग प्रकाशन गर्न ध्यानाकर्षण

काठमाडौँ । विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल र नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले संयुक्त रुपमा नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई २०८२ सालको ढिलोमा माघ १ र २०८३ सालदेखि नयाँ साल सुरुहुनुभन्दा ६ महिना अगावै पन्चाङ्ग (पात्रो) प्रकाशन गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण गराएका छन् ।

नेपालबाट विदेशमा बस्ने नेपालीहरुको संख्या वृद्धि हुँदै गैरहेको र धार्मिक संस्कार संस्कृति र परम्परा रितिरिवाजहरु नेपालमा आएर गर्नुपर्ने हुनाले पन्चाङ्ग (पात्रो) हेरेर साइत यकिन गरी कार्य गर्नुपर्ने र विदेशबाट नेपालमा आउँदा पुर्व तयारीको लागी समय धेरै चाहिने भएको हुनाले छिटो पञ्चाङ्ग प्रकाशन गर्न निर्णायक समितिलाई ध्यानाकर्षण गराइएको नेपाल ज्योतिष परिषद्का सचिव शिवलाल पौडेलले बताए ।

पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुङ्गेलले ज्ञापनपत्र बुझ्दै यसको ध्यानाकर्षण भएको बताउँदै माग सम्बोधन गर्न आफू लागि पर्ने बताउनुभयो । ध्यानाकर्षण गराउन नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले, उपमहासचिव घनश्याम चापागाईं, सचिव शिवलाल पौडेल, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतम, सदस्य शंकर ढुङ्गेल, दक्षिण एसियाली ज्योतीष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्ले, उपसभापति दुर्गामणी गौतम, सहसचिव लक्ष्मीप्रसाद घिमिरे सहितको टोलि पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटीमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img