माघ २२ गते तिलोत्तमामा परमानन्द काव्यवाटिका

बुटवल । बुटवलको तिलोत्तमा – १ नयाँमिलमा अवस्थित परमानन्द संन्यास आश्रम तथा श्री दुर्गा वैदिक संस्कृत विद्यालयले वार्षिक रुपमा गर्ने भण्डारा तथा साहित्यिक कार्यक्रम परमानन्द काव्य वाटिकाको तयारी भव्यरुपमा भएको छ । राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीज्यूको स्मृतिमा माघ शुक्ल अष्टमिमा हुने गुरुभण्डारा कार्यक्रमको पूर्व सन्ध्यामा अघिल्लो रात साहित्यिक कार्यक्रम गरिन्छ ।

काव्य वाटिकाको तीव्र तयारी भइरहेको, माघ २२ गते साँझ ७ बजे कार्यक्रम सुरु हुने र मध्यरातसम्म साहित्यको रसाश्वादन हुने कुरा पूर्वविद्यार्थी मञ्चका सदस्य शिवलाल पौडेलले जानकारी गराए ।

कार्यक्रममा देशका विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थिति सँगसँगै रुपन्देहीका विभिन्न विद्यालयका छात्रछात्राले रचना वाचन गर्ने छन् । छन्द कविताको विशेष आश्वादन प्राप्त गर्न सकिन्छ । ससाना वटुकले ब्रह्म, जीव र जगत् बारे कविता सुनाउँदा माहोल नै परमानन्दमय हुने कुरा विद्यार्थी मञ्चका सचिव कृष्णप्रसाद अर्यालले बताए ।

उक्त कार्यक्रममा आठ सयदेखि हजारसम्म श्रोताहरुको उपस्थिति रहने तथा अर्को दिनको गुरु भण्डारा कार्यक्रममा पाँचदेखि आठ हजारसम्म भक्तजनको उपस्थिति रहने कुरा पूर्वविद्यार्थी मञ्चका अध्यक्ष पिआर भट्टराईले जानकारी गराए । रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न ठाउँबाट भक्तजनको आगमन हुने गरेको छ ।

स्वामी परमानन्द सरस्वतीज्यूले स्थापना गरेका ५० भन्दा धेरै आश्रम तथा गुरुकुलहरू पश्चिमाञ्चल लगायत देशका विभिन्न ठाउँमा रहेका छन्। गुरुकुलहरुमा संस्कृत तथा आधुनिक शिक्षाको पनि पढाइ हुने गरेको छ । दुर्गा वैदिकमा उच्चमाविसम्मको निशुल्क अध्ययनको व्यवस्था रहेको छ ।

श्री दुर्गा वैदिक संन्यास आश्रमका पीठाधीश स्वामी विवेकान्द सरस्वतीज्यू हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img