दलको पूर्णकालीन सदस्य वितरण गर्न तरुण दलको परिपत्र

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन्।

सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै अध्यक्ष गुरुङले यस्तो निर्देशन दिएका हुन्। उनले भनेका छन्, ‘नेपाल तरुण दलको पूर्ण सदस्यता २०८१ फागुन १ गतेबाट वितरण सुरु गर्ने र पूर्ण सदस्यता दलको जिल्ला कार्यसमितिबाट मात्रै वितरण गरिने भएकोले पूर्ण सदस्यता फारम दलको केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क गरी लग्नु होला।’

‘दलको जिल्ला कार्यसमितिले जिल्लाभित्रका केन्द्रीय कार्यासमितिका सदस्यहरूको समन्वय र उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसी पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाई प्रतिनिधिहरू वडा तथा पालिकाहरूमा खटाउन समेत अध्यक्ष गुरुङले परिपत्रमा उल्लेख गरेका छन्।

परिपत्रमा भनिएको छ, ‘वितरण गरिएका पूर्ण सदस्यताका सम्पूर्ण फारमहरू वडा-वडाबाट संकलन गरि जिल्ला कार्यसमितिको निर्णयसहित प्रतिसदस्यत एक सय लेवीसहित २०८१ फागुन २९ गतेसम्म स्वीकृतिको लागि दलको केन्द्रीय कार्यालयमा पठाउनु होला।’

‘जिल्ला कार्यसमितिले दलको पूर्ण सदस्यहरूको आवेदन फारम र नवीकरण फारम संकलन गरी तपशिलको तालिका बमोजिम नामावली उल्लेख गरी पठाउनु होला,’ अध्यक्ष गुरुङले परिपत्रमा निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img