अर्घाखाँची जिल्ला पाणिनी २ पोखराथोकमा जन्मिएका स्वास्थ्य अनुसन्धानकर्ता सुदिप पौडेलले मृगेन्द्र सम्झना योङ हेल्थ रिसर्च अवार्ड प्राप्त गरेका छन् । २०६९ चैत्र १ गते देखी नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा वरिष्ठ प्रकाशन सहायकको रूपमा स्थायी नियुक्ति पाइ परिषद् मा Research Assistant, Health Research Ethics शाखा तथा Publications शाखामा कार्यअनुभव प्राप्त गरेका पौडेल हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रकाशन साखा विगत १ वर्षदेखी एक्लै हाकिरहेका छन् ।
उनि Committee on Publication Ethics र International Society of Managing and Technical Editors जस्ता अन्तराष्ट्रीय संस्थामा समेत सदस्यको रुपमा आवद्ध छन् । सानैदेखी जिज्ञासु स्वाभावका उनका अन्तराष्ट्रीय जर्नलमा ४ वटा वैज्ञानीक लेख प्रकाशित भईसकेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको समापनका अवसरमा पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
शनिबार राजधानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले पौडेललाई अवार्ड प्रदान गरेका हुन ।













