एनआरएनए अष्ट्रेलियाकाे सदस्य पदमा  पाेखराका भुवन तिमिल्सिना निर्वाचित

पाेखरा । पाेखराका भुवन ‎गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्य समिति सदस्यमा विजयी  भएका छन् ।

लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय रहँदै आएका  कास्कीकाे पाेखरा घर भएका भुवन तिमिल्सिना ६ हजार ७०४ मत लिएर सदस्य  पदमा विजयी भएका हुन् ।

उनकाे कार्यकाल २०२५ देखि -२०२७ सम्म दुई वर्षकाे हुने बताइएकाे छ ।

अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) बाट राष्ट्रिय कार्यसमिति सदस्य पदमा पोखराका भुवन सहित तीन जना सदस्य पदमा  निर्वाचित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यसमिति (NCC) २०२५-२०२७   सम्मका लागि  भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ।

निर्वाचन परिणाम अनुसार, अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) राज्यको प्रतिनिधित्व गर्दै तीन जना राष्ट्रिय कार्यसमिति सदस्य पदमा विजयी भएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, जनक राज पौडेलले ६,७३८ मत, भुवन तिमिल्सिनाले ६,७०४ मत तथा सुमन भट्टराईले ६,४३९ मत प्राप्त गरी राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्।

विजयी उम्मेदवारहरूमध्ये पौडेलले सर्वाधिक मत प्राप्त गरेका हुन् भने कास्कीको पोखराका स्थायी बासिन्दा भुवन तिमिल्सिना दोस्रो स्थानमा रहँदै विजयी भएका छन्।
लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय रहँदै आएका तिमिल्सिनाको विजयले पोखरेली समुदायमा खुसियाली छाएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी तीनै जनालाई विभिन्न सामाजिक सञ्जाल तथा नेपाली समुदायबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ।
उनीहरूले आगामी दुई वर्षका लागि एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिमा रहेर एसिटीका नेपालीहरुको प्रतिनिधित्व गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img