२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

विजयादशमीको अवसरमा टेकराज पोखरेलको ‘नवदुर्गा भवानी भजन’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटीका महासचिव टेक राज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर ‘नवदुर्गा भवानी भजन’ सार्वजनिक गरेका छन् । हिन्दु धर्ममा शक्ति र विजयको प्रतीक मानिने नवदुर्गा भवानीलाई दश महाविद्यामा प्रमुख देवीको रूपमा मानिन्छ र दशैंको अवसरमा उनको पूजा–आराधना गर्ने परम्परा नेपालमा प्राचीनकालदेखि चल्दै आएको छ । असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा दुर्गा भवानीलाई स्मरण गर्दै भक्तजनहरू भजन, स्तुति र नृत्यमार्फत शक्ति तथा आस्था व्यक्त गर्ने गर्दछन् ।

​धना पोखरेलले शब्दमा उतारेको यस भजनमा टेक राज पोखरेल, रबिन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन् । भजनमा प्रमिता पोखरेलको नृत्य निर्देशन रहेको छ भने प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाद्वारा प्रस्तुत आकर्षक नृत्यले भजनलाई थप मनोरञ्जनात्मक र प्रभावशाली बनाएको छ ।

​कोहिनुर मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो भजनको रेकर्डिङ हुरि स्टुडियोमा गरिएको थियो। यसको भिजुअल छायांकन बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भएको थियो, जसको निर्देशन बिपिन अनुरागीले गरेका हुन्। आर.डी. दुलालसहितको प्राविधिक टोलीले क्यामेराको जिम्मेवारी सम्हालेको थियो। महासचिव पोखरेलले यस सिर्जनाका लागि दिनरात नभनी मेहनत गर्ने सम्पूर्ण प्राविधिक समूह र कलाकारलाई बधाई दिएका छन्।

​पोखरेलले यो भजन आफ्नो पाँचौँ सिर्जना रहेको बताउँदै भविष्यमा पनि निरन्तर धार्मिक र सांस्कृतिक भजनहरूको रचना, निर्माण र प्रसारणमा संलग्न हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा जस्ता पहाडी जिल्लाहरू तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा अझै पनि लोकभजन गाउने परम्परा जीवित छ। यसै परम्परालाई आधुनिक शैलीमा प्रवाह गरी आम दर्शक–श्रोतालाई सन्देश दिनु नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img