बृहत् पाशुपत पदयात्रामा १४ सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा सम्पन्न

काठमाडौं । बृहत् पाशुपत पदयात्रा अन्तर्गत चैत १६ गतेदेखि सुरु भएको सिद्धलिङ्ग परिक्रमा क्रममा हालसम्म १४ वटा सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा सम्पन्न भएको छ। पन्ध्रौँ दिनमा लेलेस्थित गुप्तेश्वर, तिलेश्वर, चम्पकेश्वर र रामेश्वर सिद्धलिङ्गको दर्शन-पूजन सम्पन्न भएको छ । पदयात्राका क्रममा आदिलिङ्ग कुशेश्वर (सिन्धुली), भीमेश्वर सिद्धलिङ्ग (दोलखा), काफीश्वर र स्फटिकेश्वर (सिन्धुपाल्चोक), कश्यपेश्वर (काभ्रे), चण्डेश्वर र धनेश्वर (बनेपा), विकटेश्वर (साँगा), इन्द्रेश्वर (पनौती), भालेश्वर (रोशी), गुप्तेश्वर (ललितपुर) तथा तिलेश्वर, चम्पकेश्वर र रामेश्वर (लेले) मा पूजा सम्पन्न गरिएको जनाइएको छ।

६४ सिद्धलिङ्गको विशेष पूजा–आराधनाको लक्ष्यसहित दर्जनौँ साधुसन्त, साधक तथा तीर्थयात्री सहभागी उक्त पदयात्रा सोमबार र मंगलबार ललितपुरको गोटीखेलस्थित कालेश्वर सिद्धलिङ्गमा केन्द्रित रहने आयोजकले जनाएको छ। यस अवसरमा स्वामी रमणानन्द गिरिज्यूबाट शिवलिङ्गको माहात्म्य तथा आध्यात्मिक प्रवचनसमेत हुने कार्यक्रम छ।

करिब ३५ देखि ४० दिनसम्म सञ्चालन हुने यस पदयात्रामा झण्डै १ हजार किलोमिटर पैदल यात्रा गर्दै पशुपतिनाथका उपलिङ्ग तथा चतुःषष्ठी सिद्धलिङ्गको दर्शन–पूजन गरिनेछ। शिवाराधनाबाट राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ प्रसन्न भई क्षमा प्रदान गर्ने धार्मिक विश्वासका साथ अभियान अघि बढाइएको हो।

पदयात्राले पाशुपत क्षेत्रको संरक्षण, धार्मिक–आध्यात्मिक समन्वय प्रवर्द्धन, प्रदूषण नियन्त्रणका लागि सचेतना र मठ–मन्दिर व्यवस्थापनमा सरोकारवालासँग संवाद गर्ने उद्देश्य राखेको छ। साथै, वाग्मती परिक्रमा, पशुपति संवाद लगायतका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

आयोजकले उपत्यकावासी, स्थानीय भक्तजन तथा अध्यात्मप्रेमीलाई कालेश्वर सिद्धलिङ्गमा हुने विशेष पूजा–आराधनामा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेका छन्।

बृहत्-पाशुपत परिक्रमाका क्रममा आजसम्म (चैत्र-१६ देखि ३०गते) -क्रमश: १. आदिलिङ्ग कुशेश्वर,सिन्धुली, २.भीमेश्वर सिद्धलिङ्ग, दोलखा, ३.काफीश्वर सिद्धलिङ्ग सिन्धुपाल्चोक,४. कश्यपेश्वर सिद्धलिङ्ग काभ्रे,५.स्फटिकेश्वर सिद्धलिङ्ग सिन्धुपाल्चोक, ६. चण्डेश्वर सिद्धलिङ्ग बनेपा ७. धनेश्वर सिद्धलिङ्ग, बनेपा ८. विकटेश्वर सिद्धलिङ्ग,साँगा, ९. इन्द्रेश्वर सिद्धलिङ्ग, पनौती १०. भालेश्वर सिद्धलिङ्ग रोशी, ११. गुप्तेश्वर सिद्धलिङ्ग ललितपुर, १२.तिलेश्वर सिद्धलिङ्ग लेले, १३.चम्पकेश्वर सिद्धलिङ्ग लेले, १४.रामेश्वर सिद्धलिङ्ग लेलेको दर्शन तथा विशेष पूजा सम्पन्न भएको छ ।
महालिङ्ग श्रीपशुपतिनाथका उपलिङ्गका रूपमा रहेका ६४ सिद्धलिङ्गको विशेष पूजा-आराधनाका लागि दर्जनौँ साधुसन्त, साधक, तीर्थयात्रीको/पैदलयात्रीको समूह आज चैत्र-३० गते (२०८२/१२/३०) सोमवार र भोलि मङ्गलवार पनि गोटीखेलस्थित कालेश्वर सिद्धलिङ्गको‌ विशेष पूजा- आराधनाका लागि ललितपुरमै‌ रहने भएकाले समस्त उपत्यकावासी, स्थानीय भक्तसमुदाय तथा सत्सङ्गानुरागी अध्यात्म साधकजनप्रति सिद्धलिङ्गहरूको विशेष पूजा आराधनामा सहभागी भई आध्यात्मिक लाभ लिनु हुन साथै स्वामी रमणानन्द गिरिज्यूबाट हुने तत्तत् शिवलिङ्गको माहात्म्य-प्रवचन तथा आध्यात्मिक प्रवचन श्रवण गर्नु हुन सादर अनुरोध छ।
३५ देखि ४० दिनसम्म पशुपतिनाथका उपलिङ्ग तथा चतु:षष्ठी सिद्धलिङ्ग‌को दर्शनपूजनसहित लगभग १००० कि.मि.को पैदलयात्राको तपस्या तथा शिवाराधनाबाट राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ प्रसन्न भएर क्षमा प्रदान गर्ने विश्वासले यो बृहत्-पाशुपत पदयात्राको समायोजन गरिएको हो । राष्ट्र‌देव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरूपमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग तथा समस्त वैदिक सनातन धर्मावलम्बीका पवित्र तीर्थक्षेत्र रहेको अनि शिवकै जिह्वाबाट अमृतद्रवका रूपमा प्रकट भएको वाग्वती (वाग्मती) को महिमा भागीरथी गङ्गाभन्दा पनि सयगुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ ‘बृहत् पाशुपत पदयात्रा’ को महाअभियान आयोजना गरिएको हो ।
१. राष्ट्र‌देव पशुपतिनाथप्रति शिवापराधको क्षमा याचना गर्ने,
२. पाशुपतक्षेत्रलाई मानवीय प्रदूषण र राजनीतिक प्रदूषणबाट मुक्त राख्न राज्यलाई खबरदारी गर्ने,
३. हिन्दु, बौद्ध र किराँतको समेत आस्थाको केन्द्रका रूपमा प्रतिष्ठित पाशुपत क्षेत्रको विकासद्वारा आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्र‌का रूपमा नेपाल चिनाउने,
४. पाशुपत क्षेत्रमा विद्यमान मठ, मन्दिर, देवमूर्तिको नित्य पूजा र साधुसन्तको साधनात्मक निवासको समुचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग अन्त:संवाद तथा अनुगमन गर्ने र
५. ज्योतिर्लिङ्गको दर्शन, वाग्मती परिक्रमा, पशुपतिसंवाद आदि विविध अभियान सञ्चालन गर्ने जस्ता पञ्चसूत्रीय सङ्कल्पका साथ पाशुपत पदयात्रा आयोजना गरिएको हो।
पदयात्राका क्रममा दर्शन-पूजन गरिने ६४ सिद्धज्योतिर्लिङ्गहरू :
१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२. भीमेश्वर महादेव, दोलखा
३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२. तिलेश्वर महादेव, लेले, ललितपुर
१३. चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०. उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर
२१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८. वाल्मीकेश्वर महादेव, भक्तपुर
३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२. विश्वरूपेश्वर महादेव, भक्तपुर
४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ
५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ
६०. गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ
६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img