राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार र सेवामा उल्लेखनीय सुधार गरेको छ।
  • बैंकको निक्षेप २४ प्रतिशतले बढेर ६ खर्ब २६ अर्ब पुगेको छ भने बजार हिस्सा ७.५९ प्रतिशत पुगेको छ।
  • आर्थिक मन्दीका बाबजुद बैंकले कर्जा लगानीमा पनि आफ्नो बजार हिस्सा ५.७४ प्रतिशतसम्म पुर्‍याएको छ।

काठमाडौं– मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप संकलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । चुनौतीपूर्ण आर्थिक परिवेशका बीच बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यावसायिक आधारलाई थप सुदृढ बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए ।

उनका अनुसार अघिल्लो आवमा पाँच खर्ब तीन अर्ब रहेको निक्षेप यस आवको हालसम्म छ खर्ब २६ अर्ब पुगेको छ । जुन अघिल्लो आवको तुलनामा करिब १२३ अर्ब अर्थात् करिब २४ प्रतिशतले बढी रहेको छ । यस अवधिमा त्यस बैंकको निक्षेप समग्र बैंकिङ उद्योगको हिस्सामा ७.५९ प्रतिशत पुगेको छ । बैंकले यस आवको चैत मसान्तसम्म तीन खर्ब ३९ अर्ब कर्जा विस्तार गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत खनाललका अनुसार, आव २०७८/७९ मा बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२/८३ चैत मसान्तसम्म आइपुग्दा ५.७४ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । बैंकले पछिल्लो समय समग्र बैकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ । समग्र अर्थतन्त्रमा कर्जाको मागमा उत्साह नभएको हालको अवस्थामा पनि बैंकले समग्र बैंकिङ उद्योगको तुलनामा उच्च कर्जा वृद्धि गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त

वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक

एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेप्से २७३४ विन्दुमा, ६ अर्ब २६ करोडको सेयर किनबेच

देउवा-कोइराला पक्षले बोलायो राष्ट्रिय भेला, कांग्रेस औपचारिक विभाजनको दिशामा

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img