मुलुक अराजकतातर्फ उन्मुख भएको ओलीको आरोप

धनकुटा — एमाले अध्यक्ष केपी शर्मा ओलीले देश राजनीतिक रुपमा अराजकतातर्फ बढेको बताएका छन् । उनले एमाले सरकारबाट बाहिरिएपछि मुलुक अराजक र अशान्ततर्फ अग्रसर भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राअन्तर्गत तेह्रथुमको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले अढाइ वर्ष पहिले एमाले सरकारलाई देशी, विदेशी तत्वले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रुपमा अन्योलता तर्फ गएको दाबी गरे । ‘मुलुकमा राजनीतिक माग होइन, बेग्लै प्रकारका क्रियाकलाप भइरहेका छन्,’ उनले भने, ‘हाम्रो पार्टी सरकारमा रहँदा असाधारण ढंगले विकास र समृद्धितर्फ अघि बढेको देख्न नसकेर हामीलाई बाहिर सरकारबाट हटाइयो ।’

मिसन ८४ बाट एमाले एकल बहुमतले सरकारमा जान आफूहरु रणनीतिक रुपमा अघि बढेको उनको भनाइ थियो । मिसन ८४ कै संकल्प यात्रा अघि सारिएको उनले बताए ।

पश्चिमबाट पूर्व आउँदा समस्याहरुको पहिचान गर्न सकिएको भन्दै उनले यात्रा फलदायी रहेको बताए । यात्राका क्रममा जनताले दिएको सुझाव र सल्लाहबाट पार्टी अघि बढ्ने उनले उल्लेख गरे ।

यात्राका क्रममा धनकुटाको पाख्रिबास, हिले, सिधुवा लगायतका स्थानमा समेत आयोजित अन्तक्रियाका क्रममा समेत ओलीले सम्बोधन गरेका थिए । ओलीले निर्वाहका लागि नभई धनी हुनका लागि कृषि पेसा अंगाल्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img