जतिसक्दो चाँडो कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संवादमा कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेकाले सरकार परिवर्तन हुनुपर्ने बताए ।

सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले कांग्रेसको नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्न सक्ने दाबी गरे ।

‘सरकारसँग जनता निराश छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ’, नेता कोइरालाले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’

कोइरालाले मुलुक आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे ।

आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै उनले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ, हामीसित दलको नेता फेर्ने संख्या छैन ।’

एनसेल प्रकरणबारे पत्रकारहरुको जिज्ञासामा प्रतिक्रिया दिंदै नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोविना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img